Incident Reports

पोखराका चिकित्सक अव्यवहारिक प्रावधान खारेजीको माग गर्दै धर्नामा

2020-09-28

Gandaki, Kaski, Pokhara Lekhnath

पोखरा न्यूज । एमडी परीक्षामा देखिएको अब्यवाहारिक प्रावधान परिमार्जनको माग गर्दै युवा डाक्टार एशोसियसन पोखराले जिल्ला प्रशासन कार्यलय कास्की अगाडि धर्ना दिएको छ ।

एशोसियसनले सोमबार जिल्ला प्रशासन कार्यलय कास्कीमा अब्यवाहारिक प्रबधान परिमार्जन हुनुपर्ने माग सहितको ज्ञापनपत्र बुझाउदै धर्ना दिएको हो । हालै सार्वजनिक भएको चिकित्सा शिक्षा नियमावली र एकीकृत परीक्षाको सूचनाको केही बुदाँहरु गैरसरकारी चिकित्सकको हकमा अन्यायपूर्ण रहेकोले ती बुदाँहरु परिमार्जन हुनुपर्ने एशोसियसनको माग छ ।

बिशेषगरी सिट बाँडाफाडको बिषय, खुल्ला प्रतिस्पर्धामा देखिएको अस्वस्थ प्रतिस्पर्धा र चिकित्सा शिक्षामा रहेका बिभेदकारी र अन्यायपूर्ण व्यवस्था परिमार्जन हुनुपर्ने आफूहरुको माग रहेको युवा डाक्टार एशोसियसन पोखराका संयोजक डाक्टर संजीव बस्नेतले जानकारी दिए । चिकित्सा शिक्षा नियमावली सार्वजनिक हुँदा त्यसको मुलमर्म प्रतिस्पर्धा र योग्यता माथि नै प्रहार हुने गरी चलाखी पूर्वक भाषागत जालझेल गरी खुल्ला प्रतिस्पर्धालाई पूर्णतया निषेध गर्न खोजिएको उनीहरुको आरोप छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people N
Actor 1 - Affiliations Health sector/health workers, doctors
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media

0 Comments