Incident Reports

धनुषाको कमला नगरपालिकामा दुईतर्फा झडप, आधा दर्जन घाईते

2020-10-01

Madhes, Dhanusha, Kamala, Ward 4

न्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको कमला नगरापालिकाको एक वडामा झडप हुँदा आधा दर्जन व्यक्ति घाईते भएका छन् ।

कमला नगरपालिका वडा नं. ४ मा सो झडप भएको ईलाका प्रहरी कार्यालय खजुरीले जनाएको छ । वडा नं. ४ का वडाध्यक्ष समेत सहभागी गत आर्थिक वर्षहरुको आय–व्यय सार्वजनिक कार्यक्रममा झडप भएको बताइएको छ ।

बुधबार दिउँसो आय–व्यय प्रस्तुत भईरहँदा विवाद सुरु भएको थियो । केही बेरमै विवाद उग्र भएपछि दुईतर्फा झडप भएको थियो । सो झडपमा परी दुवै तर्फका स्थानीयहरु घाईते भएका छन् ।

आय व्यय सार्वजनिकी कार्यक्रम सम्पन्न भईसकेपछि गाउँका केही युवाहरु आएर हातपात गर्न थालेपछि विवाद भएको वडाध्यक्ष पल्टु कवारीले बताए । उनले गाउँका टयाप्पे (ड्रग्स प्रयोगकता) हरु आएर तथानाम भन्दै गालीगलौज सहित लाठीले प्रहार गरेपछि झडप भएको बताएका छन् ।

सो झडपको त्रममा वडाध्यक्ष कवारी पक्षधर भनिने ५० बर्षिय बौएलाल कवारी, कवारीका छोरा बदरे आलम घाईते भएका छन् भने अर्को पक्ष भनिएको सियाराम विराजी र मन्द्रि कुसियैत रहेको जनाइएको छ । ईलाका प्रहरी कार्यालय खजुरीले एक जनालाई पक्राउ गरिएको र अहिले छाडेको बताएका छन् । सो घटनामा अन्य २÷३ जना समान्य घाईते भएको जनाईएको छ ।

यता, जिल्ला प्रहरी कार्यालय धनुषाले भने समान्य विवाद मात्र रहेको बताएका छन् । घाईतेहरुको उपचार भने प्रादेशिक अस्पताल जनकपुरमा भईरहेको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Group Clash
Weapons None
Primary Cause Other governance issues
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 5
Actor 2 - Affiliation Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Total Injured 4
National/Online Media

0 Comments