Incident Reports

ईवामुरा अस्पतालको लापरवाहीले सामान्य बिरामी भ्यान्टिलेटरमा पुगेको भन्दै आफन्तद्वारा अस्पतालमा धर्ना

2020-10-01

Bagmati, Bhaktapur, Bhaktapur

भक्तपुर, १५ असोज । भक्तपुरको सल्लाघारी स्थित ईवामुरा अस्पतालमा घाँटी दुखेर उपचार गर्न गएका व्यक्तिको उपचारमा अस्पतालले लापरवाही गरेको आफन्तले आरोप लगाएका छन् ।

बिरामीको उपचारमा लापरवाही गरि सामान्य बिरामीलाई भ्यान्टिलेटरमा पुर्याइउको भन्दै बिरामीका आफन्तहरुले अस्पतालमा धर्ना दिएका छन् । भक्तपुर नगरपालिका ७ चोर्चाका हाल त्याम्हासिहँ बस्ने ४७ वर्षीया लक्ष्मीकुमारी लाखाजुको उपचारको क्रममा लापरवाही गरेको भन्दै उनका आफन्तहरुले अस्पतालमा आज बिहान देखि नाराबाजी गर्दै धना दिईरहेका छन् ।

सामान्य घाँटी दुखेर ईवामुरा अस्पतालमा हिडेर नै उपचारका लागि अस्पताल पुगेका लाखाजुको असोज ९ गते इन्डोस्कोपी गर्ने क्रममा डाक्टरको लापरवाहीका कारण स्वास्थ्य अवस्था बिग्रिएको बिरामीका भाई विजेश लाखाजुले बताएको छ ।

विरामीको स्वास्थ्य अवस्था विग्रिए पछि थप उपचारका लागि नर्भिक अस्पतालको भेन्टिलेटरमा उपचार भइरहेको आफन्तले बताएको छन् । पीडिकका आफन्तहरुले ईवामुरा अस्पतालको लापरवाहीले सामान्य विरामी भेन्टिलेटरमा पुगेको भन्दै निशुल्क उपचारको माग गर्दै धर्ना बसेको हुन ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people na
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Health sector/health workers, doctors
Actor 2 - Youth unknown
National/Online Media

0 Comments