Incident Reports

बालिका सुरक्षाको प्रत्याभूति माग्दै समाजवादी महिला संघको प्रदर्शन

2020-10-02

Bagmati, Kathmandu, Kathmandu

समाजवादी महिला संघ नेपालले बालिका सुरक्षाको प्रत्याभूति हुनुपर्ने माग राख्दै शुक्रबार माइतीघर मण्डलामा प्रदर्शन गरेको छ। 

निर्मला पन्तको बलात्कारपछि हत्या भएको २५ महिना हुँदा पनि बलात्कारी/हत्यारा पत्ता लगाउन सरकारले नसकेको भन्दै उनीहरूले निर्मलाको हत्यारा कता छ भन्दै सरकारलाई प्रश्न पनि गरेका छन्।

‘२५ महिना भयो निर्मला पन्तको बलात्कारी/हत्यारा कता छ?, बालिका सुरक्षाको प्रत्याभूति गर, बलात्कारसम्बन्धी गृहमन्त्रीको अभिव्यक्ति आपत्तिजनक, गृहमन्त्रीज्यू सवा २ सय देशलाई उछिनेर विश्वको सबैभन्दा बढी बलात्कार हुने देश नभएसम्म हामी चुप बस्ने हो?’ लेखिएको प्लेकार्डसहित उनीहरूले प्रदर्शन गरेका हुन्।

पूर्वमन्त्रीसमेत रहेकी जनता समाजवादीकी नेतृ हिसिला यमी पनि प्रदर्शनमा सहभागी थिइन्।







Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people N
Actor 1 - Affiliations Janata Samajbadi Party
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments