Incident Reports

अनसनको २४ औं दिन २४ मिनेट धर्ना

2020-10-08

Bagmati, Makawanpur, Hetauda

न्युज अफ नेपाल, हेटौंडा ।

नेपालको स्वास्थ्य सेवा क्षेत्र सुधारको माग गर्दै १९ औं पटक आमरण अनसन बस्नुभएका डा. गोबिन्द केसीको पक्षमा मकवानपुरका साहित्यकार तथा लेखकहरु सडकमा उत्रिएका छन् ।

डा. केसी आमरण अनसनमा बसेको २४ औं दिन भएकोले साहित्यकारहरुले प्रशासनमा २४ मिनेट धर्ना दिए । साहित्यिक संस्थाहरुको सञ्जालको आयोजनामा डा. केसीको पक्षमा साहित्यकारहरुले ब्यानरसहित हेटौंडा बजारका विभिन्न स्थानमा र्‍याली गरेका हुन् । साहित्य संगम मकवानपुरको भवन भैरवरोडबाट सुरु भएको र्‍याली बजारको विभिन्न स्थान हुँदै जिल्ला प्रशासन कार्यालयमा पुगेको थियो ।

उहाँहरुले प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्री केपी शर्माओलीलाई ज्ञापनपत्र बुझाउनुभएको छ । कार्यक्रममा साहित्य संगम मकवानपुर, आँचल साहित्य कलापुञ्ज, झरना साहित्य परिवार, गजल मञ्च, मातृभूमि साहित्य समाजलगायत संघसंस्थाको सहभागिता थियो ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people N
Actor 1 - Affiliations CSO/NGO
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments