Incident Reports

सूचना माग गर्दा कुटपिट, आरोपित वडा अध्यक्षविरुद्ध उजुरी

2020-10-08

Madhes, Bara, Suwarna

सुवर्ण गाउँपालिका–५ औरैयाका ३१ वर्षीय विनोदप्रसाद यादवलाई गाउँपालिकाको कार्यालयमा सूचना माग गर्दा असोज २२ गते दिउँसो वडा नं. २ का अध्यक्ष रञ्जितप्रसाद यादव लगायतले कुटपिट गरेको भन्दै पीडितले असोज २३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको डिएसपी गौतम मिश्राले बताउनु भएको छ ।

चालु आर्थिक वर्षमा वडा नं. ५ मा के के कामहरू भए सोको सूचना पाउँ भनी माग गर्न जाँदा कुटपिट गरेको पीडितको आरोप छ ।

घाँटी र पिठ्यूमा चोट लागी घाइते भएपछि पीडितको उपचार कलैया अस्पतालमा असोज २२ गते गरिएको छ ।

सुवर्ण गाउँपालिका–२ निवासी सोही वडाका वडा अध्यक्ष ४० वर्षीय रञ्जितप्रसाद यादव, सोही ठाउँका ३२ वर्षीय विरेन्द्रप्रसाद यादव र सोही ठाउँका ३० वर्षीय कन्हैयाप्रसाद यादवले कुटपिट गरी घाइते बनाएकाले उपचार, क्षतिपूर्ति र कारवाहीको माग राखेर उजुरी दिएको पीडितले इन्सेक प्रतिनिधिलाई बताउनु भयो ।

आरोपितले कारवाही गरेर देखाउन चुनौति दिँदै मार्ने धम्की दिएको पनि पीडित यादवको आरोप छ ।

भोलानाथ पौडेल

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Other governance issues
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
INSEC

0 Comments