2020-10-12
काठमाडौं । विभिन्न बहानामा पत्रकारहरुलाई जागिरबाट निकाल्ने, समयमा तलब नदिने र बेतलबी विदामा राखेर दुःख दिएको भन्दै सूचना तथा प्रशारण विभाग अगाडी प्रदर्शन गरिएको छ । नेपाल पत्रकार महासंघको नेतृत्वमा विभिन्न सञ्चारमाध्यमका पीडित पत्रकारहरुले लालटिन बालेर विभाग अगाडी प्रदर्शन गरेका हुन् । पत्रकारको हक हितका लागि सरकारले समेत आफ्नो दायित्व निर्वाह नगरेको नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले बताए ।
सरकारलाई दबाव दिन विभाग अगाडी लालटिन बाँधेर प्रदर्शन गरिएको उनको भनाई छ । लक डाउनपछि पत्रकारलाई जागिरबाट निकाल्ने, बेतलबी विदामा राख्ने, अनेक किसिमका दुःख दिने क्रियाकलाप गरेको भन्दै महासंघले प्रदर्शन गरेको महासचिव विष्टले बताए । सञ्चारमाध्यमहरुले समस्या समाधानका लागि तदारुकता नदेखाए थप दबाव सिर्जना गर्न अवरोध गर्ने सम्मका कार्यक्रम गर्न महासंघ बाध्य हुने उनले बताए ।
कोरोनालाई बहाना देखाएर विभिन्न सञ्चारध्यमहरुले पत्रकारहरुलाई जागिरबाट निकाल्ने र बेतलबी विदामा राखेका छन । जागिरबाट निकालिएका पत्रकारहरु अहिले आन्दोलित छन् । पत्रकार महासंघले समेत उनीहरुको आन्दोलनमा ऐक्यवद्धता जनाएको छ ।
Violent / Non-violent | Nonviolent |
Primary Form | Other forms of non-violent protest |
Primary Cause | Labor disputes, not including civil servants |
Actor 1 - Number of people | 25 |
Actor 1 - Affiliations | Journalist/Media |
Actor 1 - Youth | unknown |
Actor 2 - Number of people | n/a |
Actor 2 - Affiliation (Target) | Government and civil servants at central level |
Actor 2 - Youth | na |
THE NEPAL PEACE MONITOR ANNUAL REVIEW: 2020
October 25, 2021
Human Trafficking / LGBT+ Rights / GBV / Political / Children’s Rights / Senior Citizens’ Rights / HRD Issues / Human Rights / Interpersonal Violence / Governance / Covid-19 / Civic-Space / PwD