Incident Reports

जानकी मेडिकल कलेजका कर्मचारी तलब माग्दै १७ दिनदेखि धर्नामा

2020-10-14

Madhes, Dhanusha, Janakpur

चाडपर्व नजिकिँदा पनि तलब दिन आनाकानी गरेको भन्दै धनुषास्थित जानकी मेडिकल कलेज तथा शिक्षण अस्पतालका कर्मचारीहरू १७ दिनदेखि धर्ना बसेका छन्।

कलेज परिसरमै रहेको मन्दिरमा कर्मचारीहरू धर्ना बसेका हुन्। विगत ६ वर्षदेखि बाँकी सञ्चय कोष, दशैँ खर्च र नियमित तलब भत्ता कलेजले दिन आनाकानी गरेको कर्मचारीहरूको गुनासो छ। उनीहरूले असोजमै तलब दिने सम्झौता कलेजले गरेपनि कार्यान्वयन नभएको बताउँछन्।

यसअघि कर्मचारीहरूले कलेजको प्रशासन शाखामा तालाबन्दी गरेका थिए। त्यसपछि कलेज प्रशासनले कर्मचारी विरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि प्रहरी प्रवक्ता डिएसपी मकेन्द्र मिश्रले कर्मचारी र कलेज प्रशासन प्रमुख दयानन्द झालाई बोलाएर तीन बूँदे सम्झौता गराएका थिए।

असोज ४ गतेसम्म कर्मचारी र कलेज दुवै पक्षले लेखापाल राखेर हिसाब निकाल्ने, असोज १ गते तालाबन्दी खोल्ने र असोज ३० गतेसम्म कलेजका अध्यक्ष आएर कर्मचारीको समस्या समाधान गर्ने सम्झौता कलेजको तर्फबाट प्रशासन प्रमुख झा र कर्मचारीहरूबीच भएको थियो। तर सो सम्झौताको पालना कलेजले नगरेपछि कर्मचारीहरू धर्ना बसेका छन्।

कलेजले सम्झौता उल्लंघन गरेपछि बाध्य भएर कलेजका ११३ कर्मचारी धर्नामा बसेको कर्मचारी आन्दोलन संघर्ष समितिका अध्यक्ष उमेश यादवले बताए। उनले भने, ‘गत वर्षपनि लामो आन्दोलनपछि हामीले केहि महिनाको तलब पाएका थियौं। आज फेरी आन्दोलन गर्नुपरेको छ।’ तलब माग्दा कलेजबाट निकाल्ने धम्की प्रशासन प्रमुख झाले दिने गरेको उनले गुनासो गरे।

प्रशासन प्रमुख झाले आन्दोलन गरेकै निहुँमा संघर्ष समिति अध्यक्ष यादवलाई तीन पटक स्पष्टिकरण सोधिसकेका छन्। जबकी झा स्वयंले तलब भत्ता, दशैं भत्ता र सञ्चय कोषको समस्या समाधान गर्ने सम्झौता गरेका थिए।

कलेज अध्यक्ष ओपी पाण्डे काठमाडौं बस्छन्। प्रशासन प्रमुख झाले कलेज धरासायी बनेको र अध्यक्ष पाण्डे नआएसम्म कर्मचारीको समस्या समाधान गर्न नसकिने बताए।

'सम्झौतामा हस्ताक्षर किन गरेको ?' भन्ने जिज्ञासामा उनले 'समस्या समाधान त गर्नुपर्‍यो नी !' भन्ने जवाफ दिए। तलब भत्ता नदिएर समाधान कसरी हुन्छ भन्ने विषयमा उनी केही बोल्न मानेनन्‌।

​कलेजका कर्मचारीले पटक-पटक तलबका लागि आन्दोलन गर्दै आएका छन्। गत वर्ष करिब तीन महिनासम्म निरन्तर आन्दोलन गरी प्रदेश सरकारविरुद्ध समेत नाराबाजी गरेपछि बल्लतल्ल तलब पाएका थिए। तर अहिले फेरी त्यही समस्या देखिएको छ।

कलेजको चरम लापरबाहीले पटक-पटक कर्मचारी आन्दोलित हुँदा विद्यार्थीको भविष्यमाथि समेत खेलबाड भइरहेको छ।

f

Details and Impacts
Violent / Non-violent Nonviolent
Event Duration More than 7 days
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Labor disputes, not including civil servants
Actor 1 - Number of people 113
Actor 1 - Affiliations Health sector/health workers, doctors
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Health sector/health workers, doctors
Actor 2 - Youth na
National/Online Media

0 Comments