Incident Reports

बलात्कारीलाई कारबाही माग गर्दै वीरेन्द्रनगरमा किशोरीहरुको प्रदर्शन

2020-10-15

Karnali, Surkhet, Birendranagar

वीरेन्द्रनगर — वीरेन्द्रनगरका किशोरी तथा बालिकाहरुले बलात्कारीलाई कारबाहीको माग गर्दै प्रदर्शन गरेका छन् । पछिल्लो समय बलात्कारका घटना बढ्दै गएको र दोषीलाई कारबाही नभएको भन्दै उनीहरुले बिहीबार र्‍यालीसहित प्रदर्शन गरेका हुन् ।

‘कडा कानुन लेखिदे संविधान, बलात्कारीविरुद्ध हाम्रो अभियान’ भन्ने नाराका साथ स्व:स्फूर्त रुपमा किशोरीहरुले सरकारलाई दबाब दिन अभियान सुरु गरेको र्‍यालीमा सहभागी विना चन्दले बताइन् । सहभागी किशोरीहरुले कालो मास्क र कालो टिसर्ट लगाएर विरोध गरेका थिए । 

कार्यक्रममा चन्दले कविता सुनाएकी थिइन् । ‘मेरो पहिलो संघर्ष नै मेरो जन्म हो,’ उनले कवितामार्फत भनिन्, ‘आमाको कोखमा मरिनु परेन म यही नै मेरो राम्रो कर्म हो ।’ उनले कवितामार्फत नेपाली चेलीहरु बलात्कृत हुँदा जीवन नै तहसनहस बनेको भाव सुनाइन् । ‘सानो घाउ लाग्दा उफ्रिँदै रुने म आज तिम्रा लुछाईमा पनि निशब्द भएँ,’ कवितामा उनले भनिन्, ‘रित्तिए आँखा, अनि दबिए आवाज कतै, त्यसैले त प्रतिकारको पालोमा पनि म मौन भएँ ।’ चन्दले हरेक महिलाले आफ्नो लागि आफै लड्नुपर्ने भन्दै आगामी दिनमा यस्ता घटना नदोरिउन् भनी सरकारलाई दबाब दिएको बताइन् ।


कार्यक्रममा बोल्दै प्रमिशा सेजुवालले बालिका तथा महिलाहरुका लागि सरकारले सुरक्षित समाज निर्माण गर्न नसकेकाले हरेक दिन बलात्कारका घटना बढेको बताइन् । ‘साँझ परेपछि ढुक्क भएर महिला बाहिर निस्कन सक्ने अवस्था कहिले आउँछ ?,’ उनले भनिन्, ‘हामी सबै एकजुट भएर बलात्कारीविरुद्ध बोल्यौं भने सरकारले हाम्रो आवाज सुन्नेछ ।’ यस्ता जघन्य अपराध गर्नेलाई कडा कारबाही गर्नका लागि कडा कानुन बन्नुपर्नेमा सेजुवालले जोड दिइन् ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 25
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth youth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments