Incident Reports

संचारकर्मी निर्मला मृत्यु प्रकरण: अदालतले धरौटीमा रिहा गरेपछि प्रदर्शन

2020-10-15

कैलालीको सुख्खड स्थित कैलाली एफ एममा कार्यरत संचारकर्मी २२ वर्षीया निर्मला पहराईका आफन्त तथा बिभिन्न दलित संघसंगठनले न्यायको माग राखेर शुक्रवार कैलालीको सुख्खडमा प्रदर्शन गरेका छन् । आर्थिक चलखेलमा दोषीलाई उन्मुक्ती दिन खोजिएको भन्दै उनीहरुले प्रदर्शन गरेका हुन । ‘निर्मलाको हत्या भएका धेरै तथ्य छन्, हत्या गरेको भनेर किटानी उजुरी दिइएकालाई पनि अदालतले धरौटीमा रिहा गर्नु दुर्भाग्य पूर्ण हो’दलित अधिकारकर्मी चक्र बि.क.ले भने,‘दोषीलाई उन्मुक्ती दिने खेल शुरु भएकाले न्यायका लागी आन्दोलनको घोषणा गरेर प्रदर्शन गरिएको हो ।’ पत्रकार निर्मला पहराईका हत्यारालाई कारवाही गर, हत्यारालाई हामी छोड्दैनौं लगायतका नारा लगाएका थिए भने पूर्वराजमार्ग अन्तर्गत सुख्खडमा सडकमा टायर समेत जलाएका थिए । ‘मेरो बहिनीको हत्या गरिएको हो, हत्यारालाई अदालतले नै धरौटीमा रिहा गरेकाले अव न्याय पाउन काहाँ जाने हो’निर्मलाका दाजु बिशाल पहराईले भने,‘यसैले न्यायका लागि सडकमा आएका हौं ।’ प्रदर्शन अघि बिभिन्न संघ संगठनले धनगढीमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको संयुक्त बिज्ञप्तीमा निर्मलाको हत्या नै भएको र निर्मलालाई न्याय दिलाउन वाध्य आन्दोलनका कार्यक्रम घोषणा गर्न वाध्य भएको बताएका थिए ।‘निर्मलालाई न्याय दिलाउन हामी आन्दोलनका कार्यक्रम घोषण गर्न वाध्य भएको जानकारी गराउन्छौं’बिज्ञप्तीमा उल्लेख छ । यसैगरि बिज्ञप्तीमा प्रहरीको अनुसन्धान प्रतिवेदन अनुसार लाश नजिकै चप्पल मिलाएर राखिएको, लेडिज छाता नजिक रहेको,हातको घडी २७ फिट टाढा घडिको फता चुडिएको अवस्थामा फेला परेको, निर्मलाको मोवाईल हाल सम्म फेला नपरेको,खुट्टाको औलामा माटो गडेको तर चप्पलमा कुनै माटो नदेखिएको,कुर्ता च्यातिएको, माथीको कपडा समेटिएको र खुट्टामा रगत देखिएको उल्लेख छ । सुर्खे गाठो नभई दुई तीन वटा हाडेगाठोले दोपट्टाले रुईनाको रुखमा झुण्ड्याइएको अववस्थामा लास फेला परेको उल्लेख छ । भिसेरा जाँचको रिपोर्ट नआउदै, निर्मला झुण्डिएको दोपट्टा लगायतका लुगाको ल्याव टेष्ट नगरेको , फिंगर जाँच नगरेको, धेरै प्रमाण अझै संकलन हुन वाँकी रहेको वेला अदालतले धरोटीमा रिहा गरेकोले आर्थिक चलखेल र राजनीतिक शक्ति केन्द्रको प्रभावमा दोषीलाई उन्मुक्ती दिन खोजिएको निर्मला दाजु बिशाल बताउँछन् ।   

पोष्टमार्टम जाँचको रिपोर्टमा पनि आफन्त र दलितअधिकारकर्मीले आशंका व्यक्त गरेका छन ।

बिज्ञप्तीमा जारी गरेर आन्दोलन घोषणा गर्नेमा नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ, मिशन अम्वेडर, दलित मुक्ती मोर्चा, थरुहट, थारुवान राष्ट्रिय मोर्चा, नेपाल दलित पार्टी, उत्पीडित समन्वय मंच, आदीवासी जनजाती महासँघ, नेपाल दलित मुक्ती अभियान, बिश्वकर्मा समाज, दाजु बिशाल पहराई र अधिकारकर्मी किरण पौडेल रहेका छन् ।

पत्रकार सम्मेलनमा थरुहट, थारुवान राष्ट्रिय मोर्चाका केन्द्रीय अध्यक्ष लक्ष्मण थारुले भगवान जस्तै मान्ने गरेको अदालत प्रति अविश्वास बढेको बताए । जिल्ला अदालतदेखि सर्वोच्व अदालतसम्म यो अवस्था भएको उल्लेख गर्दै निर्मलाको केसमा पनि अदालतको आदेशले पीडित आन्दोलनमा उत्रने अवस्था आएको उनको भनाई थियो ।

निर्मलाको हत्या गरेको भन्दै उनका दाजुले दिएको किटानी जोहरीका आधारमा उनका प्रेमी भनिएका ललित जाग्री र रिया भनिने धना साँउदका नाममा जिल्ला अदालतमा कर्तव्य ज्यान सम्बन्धी मुद्धा दर्ता भएको थियो । बिहीबार न्यायधिश बावुकाजी वानियाको एकल इजालशले थुनछेक बहसमा दुई जनालाई जनही एक लाख धरोटीमा रिहा गर्ने आदेश दिएको थियो ।

कैलाली घोडाघोडी नगरपालिका वडा नम्वर ४ की निर्मला भदौ ३१ गते बिहान साढे ६ बजेको समाचार पढेर घर गएकी थिइन् । त्यसैदिनदेखि सम्पर्कविहीन भएकी थिइन् । तीन दिनपछि भदौ २ गते घोढाघोडी नगरपालिका ५ को फुलबारी सामुदायिक वनभित्र रुखमा झुण्डिएको अवस्थामा उनको शव फेला परेको थियो ।

घटनास्थल नजिकै राजमार्गको छेउ तिर भदौ ३१ गते साढे १२ बजेतिर निर्मला, ललित र धना तीन जनलाई आफूले देखेको स्थानीय राजु भट्टराईले बताएका छन् ।

करिव ६ वर्षदेखि २४ वर्षिय ललित जाग्रीसँग उनी प्रेम सम्बन्धमा रहेको दाजु बिशालले बताए । छ महिना अघि सुदूरपश्चिम दलित पत्रकार सघ गठन भएर निर्मला सहसचिव बनेपछि दलित भएको थाह पाएर ललितले विहे गर्न नसकिने भन्दै आफ्नो बिहनीसँग प्रेम सम्बन्ध तोडेर नयाँ प्रेमिका खोजेको उनले बताए । ‘दलित भएको थाह पाएपछि नयाँ प्रेमिका बनाएका ललितले भदौ ३१ गते घरमा वोलाएकोले बहिनी गएकी हो’उनले भने ।

उनकी मिल्ने साथी लक्ष्मी नेपालीले दलित भएको थाह पाएपछि बिहे गर्दैन भन्दै छ, म त उ सँगै बिहे गर्छु भनेर आफूलाई भनेको बताएकि छन् ।

पूर्वपश्चिम राजमार्ग भन्दा दक्षिण र ललित जाग्रीको घर भन्दा करिव ५ मिटर उत्तर तर्फ झुण्डिएको अवस्थामा शव फेला परेको थियो ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Dalit Organizations
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments