Incident Reports

मन्दिर खोल्न धार्मिक अभियन्ताको धर्ना

2020-10-22

Gandaki, Kaski, Pokhara Lekhnath

पोखरा : मठ मन्दिर खुल्ला गर्न दबाब स्वरुप कास्कि जिल्ला प्रशासन कार्यलय अगाडि हिन्दु परिषद नेपाल तेस्का जिल्ला इन्चार्ज दीपक आचार्य लगाएत सम्पुर्ण धार्मिक संघ संस्था र धार्मिक अभियन्ता हरुले आज धर्ना कार्यक्रम सम्पन्न गरेका छन ।

धर्ना पछि प्रधानमन्त्री लाइ ज्ञापनपत्रसमेत बुझाउने कार्यक्रम रहेको थियो सो कार्यक्रम अन्तर्गत बिस्व हिन्दु महासंघ कास्कि का महासचिब कमल पौडेल ले ज्ञापनपत्र पढ्नुभएको थियो भने बिस्वहिन्दु महासंघ कास्कि जिल्ला अध्यक्ष पार्बता पौडेल द्वारा ज्ञापनपत्र बुझाउने कार्य भयो ज्ञापनपत्र बुझाउने क्रममा कास्कि सिडियो समक्ष धार्मिक अभियन्ता बिस्व हिन्दु महासंघ गण्डकि प्रदेश अध्यक्ष शंकर खराल ले सबै खुलेको अबस्थामा मठ मन्दिर मात्र बन्द किन भनेर प्रश्न गर्नुको साथै मठ मन्दिर बन्द हुंदा सो आम्दानिबाट चल्ने गुरुकुल लगाएत फुल बेचेर जिबिका चलाउने हरुको दैनिकि समेत कस्टकर भएको हुंदा तत्काल मन्दिर प्रबेश को बातावरण बनाउन अनुरोध गनुभयो ।

धर्ना कार्यक्रम मा हिन्दु परिषद नेपाल कास्कि जिल्ला इन्चार्ज दीपक आचार्यले कुन धर्म मान्ने भन्ने पुर्ण अधिकार ब्यक्ति मा निहित रहेको र यो मौलिक हक भएको हुंदा यो हक प्रयोग मा राज्य ले रोक्न नमिल्ने बताउनुभयो उहाको अनुसार संकटकाल लागेको अबस्थामा मात्र मौलिक हक प्रयोग गर्न नपाइने त्यो पनि बढिमा तिन महिना मात्र हो अहिले नेपालमा संकटकाल घोषणा नभएको हुंदा यो आफ्नो संस्कार र संस्कृति मान्ने हक प्रयोग गर्न संबिधान को हिसाबले पनि नागरिकले छुट पाउनु पर्ने बिचार ब्यक्त गदै अहिले भर्खर इन्डियाको बिहारमा अदालत ने नै मठ मन्दिर बन्द नगर्ने गरि फैसला समेत गरेको बिचार सहित संबिधान लाइ सम्मान गर्न राज्य संग अनुरोध गर्नुभयो करिब डेढ घन्टा लामो धर्ना र ज्ञापनपत्र बुझाउने कार्यक्रम ११ बजे बाट शुरु भएको थियो ।

मन्दिर प्रबेश मा रोक लगाउन नहुने बरु सामाजिक भौतिक दुरि सहित सबै सुरक्षाका उपाए अपनाएर भए पनि मन्दिर दर्शन गर्न दिनुपर्ने माग अभियन्ताको रहेको थियो । कास्कि सिडियो का अनुसार यो मन्त्रीपरिषद को निर्यण अनुसार नै भएको हो तेसैले अभियन्ताको भनाइ माथि पठाइदिने र जस्तो आदेश आउछ तेसै हिसाबले आफु अगाडि बढ्ने कुरा ब्यक्त गर्नुभयो ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other governance issues
Secondary Cause Lockdown Enforcement
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Hindu
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments