Incident Reports

मुसाफिर मदिनी मस्जिद पुनर्निर्माणमा अवरोध 

2020-10-24

Bagmati, Kathmandu, Kathmandu

गत शनिबार तोडफोड गरिएको मस्जिद पुनर्निर्माणमा वडाध्यक्षले अवरोध गरेको भन्दै मुस्लिम समुदाय आक्रोशित भएका छन् । 

शनिबार बिहान डोजर लगाएर केही व्यक्तिहरूले सुन्धारामा रहेको मुसाफिर मदिनी मस्जिदमा तोडफोड गरेका थिए । 

पुनर्निर्माणको भइरहेको ठाउँमा वडाध्यक्षसहितको टोलीले अवरोध गरेपछि मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीसमेत घटनास्थल पुगेका थिए ।  

अध्यक्ष अन्सारीले जनताको प्रतिनिधिले जनताको पक्षमा काम गर्नुपर्ने भए पनि भूमाफियाको पक्षमा काम गरिरहेको आरोप लगाए । 

भत्केको ठाउँमा पुनर्निर्माण भइरहेको पाँचौँ दिनमा अवरोधको प्रयास गरी सामाजिक सदभाव खलबलाउने प्रयास भएको उनले बताए । 

स्थानीय लक्ष्मी परियारले भत्केको ठाउँमा पुनर्निर्माण कार्यलाई वडाध्यक्षले निर्माणमा अवराध गरेको बताए । परियारका अनुसार वडाध्यक्षले निर्माणको काम नरोके आफैँ भत्काउने धम्की दिएका छन् । 

निर्माणाधीन धरहराको ठीकपछाडि ६ आना ३ दाम क्षेत्रफलमा रहेको यो मस्जिदको स्वामित्व नेपाल सरकारसँग छ । यसको भोगचलन मस्जिद व्यवस्थापनले गर्दै आएको छ । 

यो मस्जिद ०७२ सालको भूकम्पले धरहरा ढल्दा क्षतिग्रस्त बनेको थियो । यसलाई मुस्लिम समुदायले अस्थायी रूपमा संरचना बनाई प्रयोग गरिरहेका छन् ।

आजभन्दा एक सय वर्षअघि मुस्लिम धर्मावलम्बीहरू काठमाडौं आउजाउ गर्दा नमाज पढने स्थानको रूपमा स्थापित भएको यो मस्जिदमा अहिले पाँच प्रहरको नमाज पढ्न मुस्लिम समुदाय पुग्ने गरेका छन् ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Program Interference/Obstruction
Primary Cause Access/control of public land
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Muslim
Actor 2 - Youth na
National/Online Media

0 Comments