Incident Reports

फेरि आन्दोलित, 'घरबेटीलाई नमस्कार, पिच गर्नेलाई पुरस्कार'

2020-11-01

ललितपुर : ललितपुरको सुनाकोठी- चापागाउँ सडक धुलाम्य भएको वर्षौं भइसक्यो। सडक निर्माण नहुँदा धुलोले त्यहाँका स्थानीयको जनजीवन निकै प्रभावित बनेको छ।

सुनाकोठी, ठेचो, चापागाउँ सडक खण्ड सडक विस्तारको गर्ने भन्दै भत्काइएको थियो। तर ठेकेदारले वर्षौंसम्म सडक अलपत्र छाडेपछि स्थानीयले गत वर्ष सडक नै अवरुद्ध गर्दै विरोध प्रदर्शन गरेका थिए। पछि सडक खुलाउने विषयमा सहमति भएपनि हालसम्म सडक निर्माण हुन सकेको छैन।

सहमति भएको एक वर्ष पुगिसक्दा पनि सडक बनाउन कुनै प्रयास नगरेको भन्दै स्थानीय फेरि आन्दोलित भएका छन्। आइतबार  सुनाकोठीका स्थानीयले सडक अवरुद्ध गरेका छन्।

सांकेतिक विरोध स्वरुप बाजा बजाएर उनीहरुले बिहानै देखि सडक अवरुद्ध गरेका हुन्।

नेवाज् क्ल्ब र स्थानीयहरुले संयुक्त रुपमा सडक बनाउन आन्दोलन गरेका हुन्।

क्लबका अध्यक्ष निरोज महर्जनले भने, 'असारमा पनि हामीले यसरी आनदोलन गरेका थियौं। बनाउने सहमति भएको थियो। तर अहिलेसम्म काम नहुँदा हामी आन्दोलन हुन बाध्य बन्यौं।'

स्थानीयले सडक अवरुद्ध गर्दै आन्दोलन गर्ने घोषणा गरेपछि ठेकेदारले आज सडकमा पानी हालेको उनले बताए।

'सहमति गरेपछि पहिलोपटक उनीहरुले आज पानी हाले। ग्राभेल गर्ने गाडी देखाउन ल्याइएको छ छ। हाम्रो दबाबकै प्रभाव हो। सडक नबनेसम्म हामी आन्दोलन गरिरहन्छौं' महर्जनले भने।

२०७१ सालमा नै ललितपुरको सातदोबाटोदेखि चापागाउँको टाहाखेलसम्मको सडक निर्माणको ठेक्का भइसकेको थियो। सातदोबाटोबाट चापागाउँसम्म दायाँबायाँ ११- ११ मिटर गरी फराकिलो सडक बनाउने गरी ठेक्का भएको थियो। सडक निर्माणको ठेक्का शारदा अधिकारीको शैलुङ कन्स्ट्रक्सनले पाएको थियो।

सडक फराकिलो बनाउने भन्दै कतिपय स्थानमा घर र अन्य संरचना भत्काइएको थियो। तर मुआब्जा विवादका कारण सडक निर्माण सम्पन्न हुन सकेको थिएन। मुआब्जा पनि नदिने र भत्किएको सडक पनि नबनाएर आफ्नो स्वास्थ्यसँग खेलवाड गरेको भन्दै स्थानीयहरु अहिले सडकमा उत्रेका हुन्।

अधिकारी नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरबेटी हुन्। त्यसैले स्थानीय 'घरबेटीलाई नमस्कार, पिच गर्नेलाई पुरस्कार' भन्दै नारा लगाएर विरोध गरिरहेका छन्।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Road block
Primary Cause Access/control of development infrastructure (roads, bridges)
Actor 1 - Number of people 24
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Other private sectors
Actor 2 - Youth na
National/Online Media

0 Comments