Incident Reports

मलंगवा नगरपालिकामा उपमेयर र वडाध्यक्षहरुद्वारा तालाबन्दी

2020-11-02

Madhes, Sarlahi, Malangawa

सर्लाहीको मलंगवा नगरपालिकामा उपमेयर सहित वडा अध्यक्षहरुले तालाबन्दी गरेका छन्। 

नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृत (हाकिम) ले मनोमानी रुपमा बजेट चलाउनुका साथै परिषद्को निर्णय विपरित कार्य सम्पादन गरेको भन्दै तालाबन्दि गरेका हुन् । यसै क्रममा हिजो मलंगवा नगरपालिकाका उपमेयर शान्ती सबनम मिकरानीको अगुवाइमा नगरपालिका अन्तर्गतका केहि वडाध्यक्षहरुले उक्त कार्यालयको लेखा शाखामा तालाबन्दी गरेका छन् । उपमेयर मिकरानीले बजेट संचालनमा नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतले मनोमानी गरेको आरोप लगाउँदै मेस्तरहरुको तलब भतmा दिनुपर्ने, करार सेवामा के कति कर्मचारी भर्ना गरिएको छ, नियुक्ति भएका कर्मचारीहरुको नामावली र डोर हाजरी मार्फत कतिजना कर्मचारीहरुलाई तलब खुवाएको भन्ने जानकारी सार्वजनिक गर्न भनी मागहरु राखेर आफुहरुले तालाबन्दी गरेको बताउनु भयो । आफुहरुको जायज माग यथासिघ्र पूरा नभए चरणबद्ध रुपमा आन्दोलनमा उत्रिने वडा न ३ का वडाध्यक्ष राम कैलाश साहले चेतावनी दिए । 

मलंगवा नगरपालिकामा मेयर, उपमेयर र वडाध्यक्ष सहित ७ जना काग्रेसबाट विजयी भएका थिए, भने ४ जना वडाध्यक्ष राजपा, २ जना वडाध्यक्ष एमालेबाट र एकजना स्वतन्त्रबाट विजयी भएका हुन् । काँग्रेसबाटै विजयी भएका उपमेयर र वडाध्यक्षहरु आफ्नै पार्टीको मेयरको विरुद्धमा मनोमानी ढंगले कार्यपालिका संचालन गरेको आरोप लगाउदै आन्दोलित भएका छन् ।



Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other governance issues
Secondary Cause Other political issues
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth noyouth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments