Incident Reports

सुनाकोठीमा सडक नबनाएको विरोधमा स्थानीयले गरे यातायात अवरुद्ध

2020-11-04

Bagmati, Lalitpur, Ward 27

ललितपुर महानगरपालिका–२७ नम्बर वडाका स्थानीयले सुनाकोठी सडक बिहानैदेखि बन्द गराएका छन्। 

ठेकेदारले समयमै बाटो नबनाएको बिरोधमा बिहान ७ बजेदेखि नै स्थानीयले सवारी आवागमन बन्द गराएका हुन्।

उनीहरूले बाटोमा ढुंगामुढा तेर्स्याएर यातायात अवरुद्ध पारेका छन्। उनीहरूको नारा छ ‘घरबेटीलाई नमस्कार, पिच गर्नेलाई पुरस्कार छ।’

सवारी बन्द साँझ ५ बजेसम्म जारी रहने स्थानीय तथा नेवाज क्लबका अध्यक्ष निरज महर्जनले बताए।  ‘हामीलाई यो सडक बन्ने पूर्ण प्रत्याभूति नभएसम्म हामी बन्दलाई जारी नै राख्छौं,’ उनले भने। 

बाटो बन्दको सिलसिला आइतबारदेखि जारी छ। स्थानीयले आन्दोलन नै घोषणा गरेर सडक अवरुद्ध पार्न थालेका हुन्। 

‘संघर्षमा निस्किएपछि पाँच-सात टिपर ग्राभेल ढुंगा ल्याएर ठेकेदारले काम सुरू गरेजस्तो गरेका छन्,’ उनले भने, ‘ठेकेदारका प्रतिनिधिले कुरा गर्न खोजिरहेका छन्, तर पिच नभएसम्म हामी छोड्दैनौं।’ 

यो बाटो कान्ति लोकपथ अन्तर्गतको हो। ललितपुर महानगरपालिका–२७ को सुनाकोठीमा मात्र पर्ने बिग्रिएको बाटोको क्षेत्रफल करिब दुई किलोमिटर छ। 

ठेकेदार कम्पनी र सडक विभागबीच यो बाटो २२ मिटर चौडा पार्ने सम्झौता छ। अहिले उक्त बाटो ८ मिटर चौडाको हो। 

यो बाटो बनाउने जिम्मा शैलुङ कन्स्ट्रक्सन कम्पनीले पाएको हो। उक्त कम्पनीका प्रोप्राइटर शारदाप्रसाद अधिकारी हुन्। उनी नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का घरबेटी हुन्।

आन्दोलन गर्दा पनि ठेकेदार नआए कडा कदम चाल्न यहाँका बासिन्दा विवस हुने क्लबका अध्यक्ष महर्जनले बताए। तर, ठेकेदार काम गर्न आएर दिनहुँ १० देखि ५ बजेसम्म काम गरे एक हप्तामा आन्दोलनलाई सहज बनाउने महर्जनले जनाए।

Details and Impacts
Violent / Non-violent Nonviolent
Event Duration More than 1 day
Primary Form Road block
Primary Cause Access/control of development infrastructure (roads, bridges)
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Other private sectors
Actor 2 - Youth na
National/Online Media

0 Comments