Incident Reports

काठमाडौं विश्वविद्यालयका विद्यार्थी आन्दोलित

2020-11-09

Bagmati, Kabhrepalanchok, Dhulikhel

बनेपा । काठमाडौं विश्वविद्यालयले अनलाइन कक्षाको बाहेक अन्य शीर्षकमा पनि शुल्क तिर्न सूचना जारी गरेपछि विद्यार्थीहरु आन्दोलित भएका छन् । अनलाइनबाट पठनपाठन गरेर साविक कक्षा सञ्चालनको जस्तै गरी अतिरिक्त शुल्क उठाउन खोजेको भन्दै विश्वविद्यालयका स्कुल अफ इञ्जिनीयरिङ, स्कुल अफ साइन्स्, स्कुल अफ ल र स्कुल अफ म्यानेजमेन्टका विद्यार्थीले काभ्रेस्थित विश्वविद्यालयको प्रशासन भवन परिसरमा रिले अनशन थालेका हुन् । 

आन्दोलित विद्यार्थी शैलेश मिश्रले आफूहरुसँग भएको सहमतिको पनि पालना नभएकाले अनशान गर्न बाध्य भएको बताए ।  विश्वविद्यलायका स्कल अफ इञ्जिनीयरिङका डीन डा. डम्बरबहादुर नेपालीले भने विद्यार्थीले उठाएका माग विश्वविद्यलाय प्रशासन बोर्डमा पु¥याइसकिएकाले चाँडै निर्णय हुने जनाए ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Strike/Bandh
Primary Cause Other economic issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Students
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
National/Online Media

0 Comments