Incident Reports

प्रदूषण नियन्त्रणको माग गर्दै चिनी उद्योगमा ताला

2020-11-09

Madhes, Bara, Kalaiya, Ward 24

बारा : प्रदूषण नियन्त्रणको माग गर्दै स्थानीयले चिनी उद्योगमा ताला लगाएका छन्। कलैया उपमहानगरपालिका–२४ श्रीपुरस्थित रिलायन्स सुगर एण्ड केमिकल इण्डष्ट्रिज प्रालिको प्रदूषणबाट जनजीवन प्रभावित बनेको भन्दै स्थानीयले उद्योग बन्द गरेका हुन्।

प्रदूषण नियन्त्रण र क्षतिपूर्तिको मागसहित श्रीपुर, मझौलिया, उत्तरझिट्कैंका सयौं स्थानीयले सोमबार अपराह्नदेखि उद्योगको मुलगेट बन्द गरी धर्ना जारी राखेका छन्। प्रदूषण नियन्त्रण गर्न स्थानीय समुदायका तर्फबाट पटक–पटक लिखित तथा मौखिक आग्रह गर्दा उद्योग व्यवस्थापनले अटेर गरेको संघर्ष समितिका सदस्य ईनरदेव कुशवाहले बताए। उद्योगबाट निस्कने धुवाँ र धुलोले समस्या पारेकाले उद्योगविरुद्ध संघर्षमा उत्रिनु परेको उनको भनाइ छ।

चिनी उद्योग हाताभित्र सञ्चालनमा रहेको डिष्टलरीमा स्प्रिट प्रशोधनका क्रममा बोइलर तताउन बालेको धानको भुसको खरानी उडेर घर, बारी, भातभान्छा तथा कपडामा बस्ने गरेको पीडितहरु बताउँछन्। धुलोको कणले मानिसहरुका आँखा दुख्ने, टाउको दुख्ने, पखाला चल्ने, श्वास प्रश्वासको समेत समस्या देखिएको स्थानीय वीरेन्द्र गोसाईले बताए। धुलोले बारीको अन्नपात र हरियो सागसब्जी काम नलाग्ने बनाउने गरेको स्थानीय राजेन्द्र यादवको भनाइ छ।

उद्योगले २०७० असार ७ मा प्रदूषण नियन्त्रण गर्ने विषयमा १८ बुँदे सहमति गरेको थियो। अधिक प्रदूषण गर्ने भट्टी बन्द गर्ने, प्रदूषण कम गर्ने उपकरण जडान गर्ने, पीडित स्थानीयलाई उद्योगले सहयोग गर्ने लगायत उल्लेख थियो। सहमति भएको आठ वर्ष हुनै लाग्दा समेत उद्योगले कार्यान्वयन नगरेको संघर्ष समितिका कुशवाह बताउँछन्।

Details and Impacts
Violent / Non-violent Nonviolent
Event Duration More than 1 day
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other governance issues
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
National/Online Media

0 Comments