Incident Reports

सीमा नाका खोल्न माग गर्दै सर्लाहीमा धर्ना

2020-11-17

सर्लाही–नेपाल–भारत मुख्य सीमा नाका खोल्नुपर्ने माग राख्दै सर्लाहीमा आज बुधबार पनि धर्ना कार्यक्रम गरिँदैछ। सरकारले कोरोना भाइरसको बहाना बनाएर आठ महिनादेखि जारी राखेको सीमा नाका बन्दको विरोधमा धर्ना कार्यक्रम गरिएको सर्वपक्षीय जिल्ला सङ्घर्ष समिति सर्लाहीले जनाएको छ।

सोमबार जिल्ला समन्वय समितिको आयोजनामा बसेको सर्वपक्षीय बैठकले कोरोना संक्रमण नियन्त्रणका लागि लामो समयदेखि सीमा बन्द रहँदा दुवै देशका सीमावर्ती क्षेत्रका बासिन्दा समस्यामा परेको भन्दै नाका खुलाउन आन्दोलनको कार्यक्रम घोषणा गरेको थियो ।

जिल्ला समन्वय समिति सर्लाहीका सभापति मेथुर चौधरीको अध्यक्षतामा भएको सर्वपक्षीय बैठकले मलङ्गवा गोरखकाली सोनवरसा (भारततर्फ) जाने बाटोमा मंगलबार र आज बुधबार ११ बजेदेखि १ बजेसम्म धर्नामा बस्ने निर्णय गरेको थियो । धर्नापश्चात् पनि सीमा नाकाहरु खुला नगरिए थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने निर्णय भएको जिसस सभापति चौधरीले बताए। 

सरकारले समयमै सीमा नाका नखोले छठ पर्व सकिएपछि थप आन्दोलनका कार्यक्रम घोषणा गरिने सभापति चौधरीले बताए। मुख्य नाका सरकारले औपचारिकरूपमा नखोलिदिएसम्म सर्लाही भन्सार कार्यालयसमेत बन्द रहने उनको भनाइ थियो।

सीमा नाका सिल भएका कारण स्थानीयस्तरमा हजारौँ नागरिक प्रभावित भई गरिबी, भोकमरी र व्यापक बेरोजगारी बढेको प्रदेशसभा सदस्य उपेन्द्रप्रसाद कुशवाहाले बताए। निश्चित मापदण्ड पूरा गरी कोरोना भाइरस परीक्षण डेस्क र सुरक्षा जाँच सञ्चालनमा ल्याई समयमै सीमा नाका खोल्न संघीय सरकारसँग पटकपटक गुहार मागे पनि सरकारले समस्या समाधानका लागि कुनै पहल नगरेकोे उनको भनाइ छ। रासस

Details and Impacts
Violent / Non-violent Nonviolent
Event Duration More than 1 day
Primary Form Demonstration
Primary Cause Other governance issues
Secondary Cause Lockdown Enforcement
Actor 1 - Number of people 25
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments