Incident Reports

दृष्टिविहीन महिला शिक्षकलाई राहत कोटा माग्दै आमरण अनशन

2020-11-18

 दृष्टिविहीन महिला शिक्षक राहत कोटा कार्यान्वयनको माग राख्दै कञ्चनपुरका दृष्टिविहीनहरुले बुधबारदेखि आमरण अनसन सुरु गरेका छन्।

शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय महेन्द्रनगरमा दृष्टिीविहीनहरु आमरण अनशनमा बसेका हुन्। सरकारका तर्फबाट उपलब्ध गराइएको दृष्टिीविहीन महिला शिक्षकको राहत कोटा कार्यान्वयनको माग अघि सार्दै पटक पटक ज्ञापन पत्र दिँदासमेत सुनवाइ नभएपछि बाध्य भएर अनशनमा बस्नुपरेको दृष्टिविहीनका अगुवा नेता बलराम पन्तलले बताए।

‘दृष्टिविहीन महिला शिक्षक राहत कोटा कार्यान्वयनका साथै स्थानीय तह, प्रदेश, संघ र सुदूरपश्चिम विश्वविद्यालयलगायत शैक्षिक संस्थामा अपांगता भएका व्यक्तिलाई रोजगारी दिनुपर्ने मागसमेत अघि सारेका छौं’, उनले भने, ‘सरकारले दिएको दृष्टिविहीन महिला शिक्षक राहत कोटा कार्यान्वयन गरिएको छैन।

कार्यान्वयन नगरिँदासम्म अनशन जारी रहन्छ।’ राज्यले दृष्टिविहीन महिला शिक्षक राहत कोटाको व्यवस्था गरेपछि हालसम्म कुनै पनि विद्यालयमा राहत कोटामा दृष्टिीविहीन महिलालाई नियुक्त नगरिएको उनले बताए।

‘सरकारी प्रावधान तत्काल लागु गराउनु पर्ने हाम्रो मुख्य माग हो’, उनले भने, ‘माग तत्काल पूरा गर्नु पर्दछ। यसका लागि सबै निकायको सहयोगको अपेक्षा राखेका छौं।’

Details and Impacts
Violent / Non-violent Nonviolent
Event Duration More than 1 day
Primary Form Strike/Bandh
Primary Cause Other governance issues
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments