Incident Reports

फास्ट ट्र्याक निर्माणमा खोकनावासीको अवरोध

2020-11-20

५ मंसिर, काठमाडौं । काठमाडौं-तराई/मधेश द्रुतमार्ग आयोजनाले व्यक्तिगत जग्गामा प्रवेश बिन्दु बनाएको भन्दै खोकनावासीले निर्माण कार्यमा अवरोध गरेका छन् ।

स्थानीयले शुक्रबार खुदोलमा गएर प्रवेश बिन्दु निर्माणमा अवरोध गरेका हुन । आफूहरूलाई जानकारी नदिई सरकारले धमाधम व्यक्तिगत जग्गामा द्रुतमार्गको काम गरेपछि बाध्य भएर विरोध गर्नुपरेको जनसरोकार समिति खोकनाका कोषाध्यक्ष कृष्ण डंगोल बताउँछन् ।

स्थिति तनावग्रस्त हुन लागेको भन्दै थप प्रहरी पठाइएको जिल्ला प्रशासन कार्यालय, ललितपुरले जानकारी दिएको छ ।

खोकना, बुङमती र डुकुछापका स्थानीयले जतिसुकै मुआब्जा निर्धारण भए पनि आफ्नो जग्गा छाड्न नसक्ने बताउँदै आएका छन् । कोषाध्यक्ष डंगोल सरकारले गैरकानूनी तरिकाले पुरातात्विक तथा सांस्कृतिक महत्वको वस्ती जवरजस्ती उजाड गर्न लागेको बताउँछन् ।

द्रुतमार्ग निर्माणको जिम्मेवारी पाएको जिम्मेवारी लिएको नेपाली सेनाले ललितपुर, मकवानपुर, काठमाडौं लगायतका कतिपय जग्गाधनीले आयोजनामा परेका जग्गाको मुआब्जा लिन बाँकी रहेको स्विकारीसकेको छ । ललितपुरका कतिपय स्थानका मुआब्जाको मूल्यांकन समेत हुन बाँकी रहेको सेनाले जानकारी दिएको छ ।

खोकना सहित ८०७ रोपनीको मुआब्जा वितरण कार्य भने बाँकी रहेको सेनाको अभिलेख छ ।

तस्वीरहरूः आर्यन धिमाल/अनलाइनखबर

  

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Program Interference/Obstruction
Primary Cause Access/control of private land
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments