Incident Reports

प्रधानमन्त्रीले शिलान्यास गरेको सडक पहुँचका भरका तोडमोड गरेको भन्दै स्थानीय आन्दोलित

2020-11-25

Province 1, Taplejung, Aathrai Tribeni

प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको तेह्रथुमको आठराइ गाउँपालिकास्थित सुकेपोखरी हुँदै ताप्लेजुङको ढुङ्गेसाँघु जोड्ने कालोपत्रे सडकलाई राजनीतिक पहुँचका भरमा तोडमोड गरिएको भन्दै स्थानीय बासिन्दा आन्दोलित बनेका छन्। भदौरे–ह्वाकु–चोकपुर–ढुङ्गेसाँघु सम्मको तल्लो भेगका बासिन्दाले भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्बाङलाइ ध्यानाकर्षण पत्र बुझाउँदै प्रधानमन्त्री ओलीबाट शिलान्यास भएकै मार्गबाट सडक निर्माण कार्य अघि बढाउन माग गरेका छन्।  ध्यानाकर्षण पत्र अनुसार गत फागुन ११ गते आफ्नो जन्मदिन मनाउन तेह्रथुमको आठराई स्थित इवामा रहेको आफ्नो जन्मघर आएका प्रधानमन्त्री ओलीले मध्यपहाडी लोकमार्गको सुकेपोखरी–छातेढुङ्गा–भदौरे–ह्वाकु–चोकपुर–रमिते हुँदै मदन भण्डारी राजमार्गको जोड्ने ढुङ्गेसाँघु ६५ किलोमिटर लामो यो सडकको शिलान्यास गरेका थिए।शिलान्यासका क्रममा समेत प्रधानमन्त्री ओलीले यहिँ मार्गमार्फत सडक निर्माण प्रकृया अघि बढ्ने गरी सम्बोधन गरेपनि अहिले प्रधानमन्त्रीको सम्बोधन विपरित ह्वाकु–ढाँडे–चोकपुर–रमिते–हाङपाङ हुँदै ढुङ्गेसाँघु जोड्ने सडकलाई तेह्रथुमको ह्वाकुबाट नै तोडमोड गरी सरस्वती मावि ह्वाकु–परमसिंह मावि निघुरादिन हुँदै दुर्गा उच्च मावि फूलवारी तिर लान खोजेको भन्दै स्थानीयले सरकारको ध्यानाकर्षण गराएका छन् प्रधानमन्त्री ओलीको सम्बोधन बिपरित हुनेगरी जबरजस्ती सडकको डिपीआर गरेर अघि बढे आफुहरु आन्दोलनमा उत्रने स्थगानीय शेरबहादुर इङनामले चेतावनी दिए। अर्का स्थानीय सूर्य बानिँयाले प्रधानमन्त्रीले गरेको सम्बोधन अनुसार सडकको निर्माण कार्य अघि वढाउन माग गर्दै त्यो बिपरित हुने गरी तयार भइरहेको बिस्तृत परियोजना प्रतिबेदन(डिपीआर)कार्य रोक्न पनि सडक डिभिजन कार्यालयलाई आग्रह गरेका छन्।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Access/control of development infrastructure (roads, bridges)
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments