Incident Reports

नेपाल-भारत सीमा खुलाउन धर्ना

2020-11-28

Madhes, Parsa, Birgunj

नेपाल-भारत सीमा खुलाउन वीरगन्जमा स्थानीय नागरिक अगुवाहरुले धर्ना प्रदर्शन सुरु गरेका छन्। सीमा बन्द रहेका कारण मानिसहरुको जनजीवनमा कठिनाई भएको भन्दै उनीहरुले साबिक इनर्वा नाकामा रहेको वीरगन्ज भन्सार कार्यालय अगाडि धर्ना दिएका हुन्।

शनिबार बिहान ९ देखि १० बजेसम्म एक घण्टा धर्ना गरिएको हो। नेपाल भारत खुल्ला सीमा संवाद समूहको ब्यानर मुनि आबद्ध विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागितामा धर्ना आयोजनामा गरिएको हो। सीमापारी नाता सम्बन्ध रहेको, बैवाहिक सिजन सुरु हुन गालेको, नेपाली विद्यार्थीहरु अध्ययनका लागि भारत जानुपर्ने, औषधि उपचारको लागि यताका मानिस उता र उताका मानिस यता आउनु पर्ने जस्ता सामाजिक आवश्यक्तालाई सरकारले बेवास्ता गरेको धर्नाकारीहरुको तर्क थियो।

त्यसतै ब्यापार ब्यवसायमा पनि सीमानाका बन्द हुनुले बाधा रहेको उनीहरुको भनाई छ। ‘उद्योगहरुमा कतिपय प्राबिधिक जनशक्ति भारतबाट मगाउने बाध्यता रहन्छ, मेसिनहरुको मेन्टिनेन्सका लागि भारतीय कम्पनीका मानिसहरुको आउजाउ लागि रहन्छ यस्तोमा सीमा बन्द रहेकोले समस्या छ,’ बैठकका सहभागीले भने, ‘लकडाउन र निषेधाज्ञाले यतिकै सबैको आर्थिक अवस्था नराम्ररी बिग्रेको छ, यस्तोमा सरकारले पीडा कम गर्नेतिर ध्यानदिनु पर्यो।’ नेपाल भारत सीमा बन्द हुँदा दुबैतर्फका मानिसहरुलाई कठिनाइ परेको, वीरगन्जमा व्यापार ब्यवसायमा धक्का पुगेको र सामाजिक साँस्कृतिक कार्य पनि गर्न बाधा भइरहेकाले चाँडै बोर्डर खुलोस् भनी स्थानीयले चाहना राखेका समूहका संयोजक कृष्ण पटेलले बताए।

सिमाना खुल्ला गर, लकडाउन अवधिमा हरेक नागरिकलाई १० हजार रुपैयाँ भत्ता सरकारले उपलब्ध गराउ, नेपाली नागरिक माथि शोषण बन्द गर, लकडाउनको अवधीभर बैंक ब्याज मिनहा गर जस्ता नारा लेखिएका प्लेकार्ड उनीहरुले बोकेका थिए। धर्नामा सहभागी नेता शिव पटेलले सीमा बन्द हुँदा दुबै तर्फका व्यपारी, होटल व्यवसायीलगायतको कारोबार चौपट भएको बताए। उनले बिहेवारीका लागि पनि नागरिकले सास्ती खेपेको बताए। सीमा पूर्ण रुपमा खुला नभएसम्म धर्नाको कार्यक्रम जारी राख्ने सहभागीहरुले बताए।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other governance issues
Secondary Cause Lockdown Enforcement
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations CSO/NGO
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments