Incident Reports

वीपी प्रतिष्ठान उपकुलपति कार्यालयमा धर्ना

2020-11-29

Province 1, Sunsari, Dharan

विगतमा भएको सहमति कार्यान्वयन नभएको भन्दै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका इन्टर्न चिकित्सकहरु आन्दोलित भएका छन्।

विभिन्न ११ बुँदे मागहरु राखेर इन्टर्न संघर्ष समितिले बिहान ८ बजेदेखि प्रतिष्ठानका उपकुलपति कार्यालयमा धर्ना दिइरहेका छन्। इर्मजेन्सीबाहेक कामहरु छोडेर आन्दोलनमा उत्रिएको संघर्ष समितिका संयोजक अमृत जैसीले जानकारी दिए। उनका अनुसार विगतमा आन्दोलन हुँदा भएको सहमति र आश्वासन कार्यान्वयन नभएपछि पुनः आन्दोलनमा उत्रन बाध्य भएको हो। ‘आजदेखि इन्र्टनहरुले इर्मजेन्सीबाहेक काम छोडेर आन्दोलनमा उत्रिएका छौं, दिउँसो १ बजेसम्म धर्ना गछौं,’उनले भने।

संघर्ष समितिले ११ बुँदे मागमा इन्टर्न चिकित्सकहरू र तत्कालिन प्रतिष्ठानका पदाधिकारीहरू बिच सहमति भए बमोजिम जीवन निर्वाह भत्ता नेपाल सरकारको ८ औँ तहको ५० प्रतिशत कार्यान्वयन हुनुपर्ने उल्लेख गरेका छन्। यसैगरि, पहिलेकै सहमति बमोजिम जीवन निर्वाह भत्तामा ३५ महङ्गी भत्ताको व्यवस्था भए बमोजिम नै कार्यान्वयन हुनुपर्ने, नाइट डिउटि हुदा खाजाका निम्ति जीवन निर्वाह भत्तामै थप १ हजार प्रदान गर्नुपर्ने, इन्टर्नहरु धेरै संक्रमित भइरहेकोले जीवन निर्वाह भत्तामै समाबेस गर्ने गरी माक्स, स्यानिटाइजर, फेस सिल्ड लगायत सामाग्रीहरुको लागि न्यूनतम थप १ हजार रुपैया व्यवस्था गरिनुपर्नेपनि माग छ। यस्तै, कोभिड १९ संक्रमण भएपश्चात आइसोलेसनमा बसेको समयको हाजिरी प्रदान गर्न प्रतिष्ठानले उपयुक्त व्यवस्था गरि इन्टर्नसीप तोकिएकै समयमा सकिने कुराको सुनिश्चितता गर्नुपर्ने पनि उनीहरुले माग गरेका छन्।

समितिले गत असोज १४ गते र १८ गते पनि प्रतिष्ठान प्रशासन समक्ष ध्यानाकर्षण पत्र बुझाउदै मागहरु राखेको थियो। त्यसबेला पनि उनीहरुले आन्दोलन गरेका थिए। त्यसबेला मागहरु पुरा गर्ने आश्वासन बमोजिम आन्दोलनका कार्यक्रम फिर्ता गरेर उनीहरु नियमित काममा फर्किएका थिए। तर अहिलेसम्म कार्यान्वयन नभएकोले आन्दोलनमा उत्रनु परेको संघर्ष समितिले जनाएको छ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Labor disputes, not including civil servants
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Health sector/health workers, doctors
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Health sector/health workers, doctors
Actor 2 - Youth na
National/Online Media

0 Comments