Incident Reports

७५० मिटर सडक ७ वर्षमा पनि नबनेपछि स्थानीय आन्दोलित 

2020-11-29

Lumbini, Rupandehi, Butwal

७५० मिटर सडक ७ वर्षमा पनि निर्माण सम्पन्न नभएपछि रुपन्देहीको बेलहिया गाउँका स्थानीय आन्दोलित भएका छन् । स्थानीयले बेलहियामा आइतबार बिहान चक्काजाम गरेर विरोध प्रदर्शन गरेका छन् । बेलहिया गाउँ समाजको अगुवाइमा आइतबार बिहान स्थानीयले चक्काजाम गरी विरोध प्रदर्शन गरेको स्थानीय अगुवा राम बस्नेतले बताए ।

इलाका प्रहरी कार्यालय बेलहिया कार्यालयदेखि बाइपास सडकसम्मको ७५०  मिटर सडक ७ वर्षसम्म पनि नबनेकोले सम्बन्धित पक्षलाई दबाव दिन चक्काजाम नै गर्नु परेको उनले बताए ।

सडक निर्माणको विषयमा बारम्बार लिखित रुपमा जिल्ला प्रशासन कार्यालयमा पुगेर ध्यानाकर्षण गराउँदा पनि स्थानीय प्रशासन र निर्माण व्यवसायीले बेवास्ता गरेकाे उनो भनाइ छ ।

सडक निर्माण कार्यमा ध्यान नदिए बेलहियामा रहेको भैरहवा भन्सार कार्यालयसहित सम्पूर्ण सरकारी कार्यालय समेत ठप्प पार्ने उनले बताए ।

बुटवल बेलहिया व्यापारिक मार्ग निर्माण आयोजनाकी इञ्जिनियर शुभेच्छा सारुले निर्माण व्यवसायीले छठपछि सडक निर्माण सुरु गर्ने प्रतिबद्धता जनाए पनि काम सुरु नगरेको बताइन् । उनले काम सुरु गर्न बिरुवा कन्सट्रक्सनलाई पुनः पत्राचार गरेको जानकारी दिइन् ।

 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Road block
Primary Cause Access/control of development infrastructure (roads, bridges)
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
National/Online Media

0 Comments