Incident Reports

कृषि विकास कार्यालयमा बम राखेको घटनाका आरोपित गिरफ्तार

2020-11-22

कृषि विकास कार्यालयमा दुइवटा बम राखेको आरोपमा प्रहरीले १५ वर्षीय बालकलाइ मङ्सिर १४ गते गिरफ्तार गरेको छ ।

आरोपित बालकले मङ्सिर ७ गते साँझ सिमकोटमा रहेको आदित्य जनरल स्टोरमा बाल्टिन किन्न गएको पसलको सिसि टिभिले कैद गरेको फुटेजका आधारमा बालकलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका हवल्दार राजेन्द्र केसीले बताउनु भयो ।

हवलदार केसीका अनुसार ०७७ मङ्सिर ८ गते राती कृषि विकास कार्यालयको गेटमा एउटा सकेट बम र एउटा बाल्टिन बम फेला परेको थियो ।

कक्षा ८ मा अध्यनरत बालकले आफूलाई मुगु घर बताउने दुई जना व्यक्तिले बाल्टिन किन्नका लागि पठाएको बताएको हवलदार केसीको भनाई छ ।

बालकलाई बाल्टिन किन्न प्रयोग गर्ने व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

नन्द सिंह

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Symbolic violence
Weapons Improvised explosive device (IED)
Primary Cause Unclear
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
INSEC

0 Comments