Incident Reports

घुस लिएको भिडियो खिच्दा दमक मालपोतमा पत्रकार घिमिरेमाथि आक्रमण

2020-12-01

Province 1, Jhapa, Damak

बिर्तामोड– पत्रकार खगेन्द्र घिमिरेमाथि हिजो मालपोत कार्यालयमा आक्रमण भएको छ । कर्मचारीले घुस लिइरहेको भिडियो छायाङ्कनपछि उत्पन्न विवादका क्रममा पत्रकार घिमिरेमाथि लेखापढी व्यवसायीले आक्रमण गरेका हुन् ।

मालपोतका कर्मचारीले सेवाग्राहीसँग घुस मागेको सुइँको पाएपछि खोज पत्रकार घिमिरे क्यामरापर्सनसहित मालपोत कार्यालय दमकमा पुगेका थिए । घुस लिएको भिडियो खिचेपछि विवाद भएको हो ।

कार्यालयभित्रै पत्रकार घिमिरेमाथि कर्मचारी इन्द्र राजवंशीसहित लेखापढी व्यवसायीले आक्रमण गरेका हुन्। पत्रकार घिमिरेका अनुसार मालपोत कार्यालयमा कर्मचारी राजवंशीलाई सेवाग्राही सुरेश साहले १० हजार घुस दिँदै गरेको भिडियो खिचिएको थियो ।

शिवसताक्षी नगरपालिका साबिक शिवगञ्ज गाविस–१ को जग्गा रोक्का गर्ने विषयमा सेवाग्राही साहले कर्मचारी राजवंशीलाई कार्यालयभित्रै घुस दिएको उनले बताए।

विवादका क्रममा लेखापढी व्यवसायीले पत्रकार घिमिरेमाथि लात्ती र मुड्की प्रहार गरेका हुन् । टाउको र शरीरका विभिन्न भागमा लात्ती र मुड्की प्रहार भएको पत्रकार घिमिरेले बताए ।

आक्रमणपछि पत्रकार घिमिरेले इलाका प्रहरी कार्यालय दमकमा दोषी किटान गरी उजुरी दिएका छन् । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक राकेश थापाले घटनाका विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको बताए ।

अनुसन्धान टिभीका सञ्चालक घिमिरे भ्रष्टाचार र घुसखोरीविरुद्धको अभियानमा निरन्तर सक्रिय छन् ।

पत्रकारमाथि आक्रमण गर्ने झापा मालपोतका कर्मचारी पक्राउ

पत्रकारमाथि आक्रमण गर्ने झापाको दमकस्थित मालपोत कार्यालयका कर्मचारी इन्द्र राजवंशी पक्राउ परेका छन्। 

खरिदार राजवंशीलाई पीडितको उजुरीपछि आवश्यक अनुसन्धानका लागि आज बिहान पक्राउ गरिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।

प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार गत मंगलबार करिब ४ बजेतिर शिवसताक्षीका सेवाग्राही सुरेश साहबाट खरिदार राजवंशीले काम गरिदिने भन्दै १० हजार रुपैयाँ घुस दिएको भिडिओ खिचिरहेका अनुसन्धान अनलाइनका पत्रकार खगेन्द्र घिमिरे र क्यामेराम्यान भास्कर श्रेष्ठमाथि हातपात गरेको आरोप छ।

सो घटनाको नेपाल पत्रकार महासंघ झापा शाखालगायतले भर्त्सना गर्दै दोषीमाथि कारबाही गर्न माग गरेका थिए।

यसैगरी, बिहीबार मालपोत कार्यालयका प्रमुख तारानाथ दङ्गालले घटनाप्रति दुःख प्रकट गर्दै त्यसको निष्पक्ष छानबिन गर्न विज्ञप्तिमार्फत् आग्रह गरेका थिए।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Secondary Form Attack on Journalist
Weapons None
Primary Cause Issues related to freedom of expression and civil rights
Secondary Cause Freedom of Expression
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth na
Total Injured 1
National/Online Media

0 Comments