Incident Reports

तनहुँमा पुल उद्घाटनमा कांग्रेस र युवासंघबीच विवाद भएपछि निषेधाज्ञा

2020-12-02

Gandaki, Tanahun, Byas

तनहुँ- व्यास नगरपालिका–१ स्थित तालघरे र दुम्सी जोड्ने पुल उद्घाटनको विषयमा कांग्रेस र राष्ट्रिय युवा संघबीच विवाद चर्किएपछि जिल्ला प्रशासन तनहुँले उक्त क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। बुधबार मध्याह्न १२ बजेबाट साँझ ६ बजेसम्मलाई निषेधाज्ञा लगाइएको हो।  

नेपाली कांग्रेसले जसरी पनि पुल उद्घाटन गर्ने र युवा संघले जसरी पनि रोक्ने भनी विवाद सृजना भएपछि जिल्ला प्रशासनले सम्भावित झडपलाई रोक्न निषेधाज्ञा जारी गरेको हो। प्रमुख जिल्ला अधिकारी सागर आचार्यले पूर्वाधार कार्यालयले पनि तत्कालका लागि पुल उद्घाटन कार्यक्रम रोकिदिन अनुरोध गरेपछि सुरक्षा समितिको बैठकबाट निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको बताए। 

एक पक्ष पुल उद्घाटनका पक्षमा रहेको र अर्को पक्ष विरोधमा उत्रँदा हुन सक्ने झडपको स्थितिलाई विश्लेषण गरी निषेधाज्ञा लगाइएको प्रशासनको सूचनामा उल्लेख छ। व्यास–१ र १० को पृथ्वी राजमार्गमा चल्ने सवारी साधनबाहेक गल्बुबेसी, बुल्दीखोला पुल, रानीगाउँ, घाँसीकुवा, मुसेखोला अंम्रेनीलगायत ४ किल्ला क्षेत्रभित्र ५ जनाभन्दा बढी व्यक्ति एक ठाउँमा जम्मा हुन रोक लगाइएको छ।

व्यास नगरपालिकाले बुधबार दिउँसो नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबाट पुल उद्घाटन गर्ने कार्यक्रम तय गरेको थियो।

नगरपालिकाले बलमिचाइँ गर्दै आफ्नो क्षेत्रभन्दा बाहिर गएर कार्यक्रम गरेकाले विरोधमा उत्रनुपरेको संघका अध्यक्ष ईश्वर बस्यालले बताए। 


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Curfew/prohibitory order issues by the state
Primary Cause Law and Order Violence
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Government and civil servants at central level
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
National/Online Media

0 Comments