Incident Reports

जनकपुरस भागभण्डा नमिलेपछि गाउँपालिकाको बैठकमै कुर्शी तोडफोड!

2020-12-01

Madhes, Dhanusha, Dhanauji

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर २ को धनुषा जिल्लामा एक पालिकाको बैठकमै कुर्शी तोडफोड भएको छ।

धनुषाको धनौजी गाउँपालिकाका मँगलबार बसेको कार्यपालिकाको बैठकमा विवाद हुँदा कुर्शी तोडफोड गरिएको हो । कार्यपालिका बैठक अह्वान भएपनि भागवण्डामा कुरा नमिलेपछि विवाद भएको नगरकी उप-प्रमुख रामवती मण्डलले बताइन् ।

गत वर्षको हरहिसाब पारदर्शी नगरको भन्दै कार्यपालिका सदस्य सुरेश पण्डितले कुर्सी नै भाँचेको मँसिर १८ गतेको टुडे एक्सप्रेस दैनिकमा पत्रकार कमलेश ठाकुरले समाचार लेखेका छन् ।

योजना बाँडफाँडमा भागबण्डा नमिलेपछि धनुषाको धनौजी गाउँपालिकाले अझै बजेट ल्याउन सकेका छैन । असार १० गते भित्र ल्याइसक्नु पर्ने बजेट कार्यपालिका सदस्यको असन्तुष्टीका कारण बजेट ल्याउन नसकेको हो। गाउँसभा गर्ने विषयमा छलफल गर्नको लागि मंगलबार नगर प्रमुख बद्री नरायण सिंहले आय व्यय पारदर्शी नगरी भ्रष्टाचार गरको उप प्रमुख मण्डलको आरोप छ।

गत वर्षको हर हिसाव पारदर्शी भएको छैन् । विकासको कामदेखि कोरोना महामारी शीर्षकमा भएको सबै काममा अनियमितता देखिएको छ, उनले भनिन्, 'हर हिसाव पारदर्शी नभएसम्म गाउँसभा हुदैन ।' यता, गाउँपालिका प्रमुख सिंहले कर्मचारी सरुवाका कारण बजेट ल्याउन नसकेको प्रतिक्रिया दिएर पञ्छिए।

गाउँपालिकामा कुनै विवाद नरहेको भन्दै कोरोना महामारी र पटक-पटक हुने गरको कर्मचारी सरुवाका कारण बजेट ल्याउन ढिलो भएको उनको तर्क छ । धनुषाको गणेशमान चारनाथ नगरपालिका प्रमुख र उपप्रमुखबीचको टकरावले दुई महिना पहिले नीति तथा कार्यक्रम ल्याएपनि बजेट अन्योलमा परको छ।

कार्यापालिका सदस्यको अनुपस्थिति देखाएर नीति तथा कार्यक्रम बहुमतले नै पारित भयो। तर, असन्तुष्ट सदस्यबीच नीति तथा कार्यक्रम ल्याएपनि बजेट अझै ल्याउन सकेन । पूर्वी धनुषाको कमला नगरपालिकाले पनि जनप्रतिनिधिकै विवादका कारण अझै बजेट ल्याउन सकेको छैन् । रकम र योजना बाँडफाँडमा मतभेद हुँदा नीति तथा कार्याक्रम र बजेट आउन नसकेको नगर प्रमुख रामउदगारगोईतले बताए।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Vandalism
Weapons None
Primary Cause Other governance issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments