Incident Reports

मापदण्ड मिचेर सर्लाहीका खोला खनिएपछि स्थानीय विरोधमा उत्रिए

2020-12-08

Madhes, Sarlahi, Lalbandi

सर्लाही : लालबन्दी नगरपालिकास्थित लखन्देही खोलामा ठेकेदार कम्पनीले सम्झौताविपरीत खोलामा गहिरो खनेर गिटी बालुवा उत्खनन गरेको पाइएपछि स्थानीयल उत्खननमा रोक लगाएका छन्।   वडा नम्बर १ र ११ हीरापुरघाटस्थित लखन्देही खोलामा ठेकेदार कम्पनीले गिटी बालुवा झिक्न गहिरो गरी डरलाग्दो खाडल खनेको पाइएको हो।  नगरपालिकाले गत असोजमा ठेक्का आह्वान गरेर खोलाबाट गिटी बालुवा निकासा गर्न अनुमति दिएको थियो।  उक्त कम्पनीले पूर्वपश्चिम विद्युतीय रेलमार्ग निर्माणका लागि त्यस स्थानबाट गिटी बालुुवा निकाल्न ठेक्का सकारेको थियो। ठेक्का सम्झौता तथा वातावरणीय परीक्षण प्रतिवेदनमा उक्त स्थानबाट ६०० मिटर लम्बाइ, ७५ मिटर चौडाइ र १.५ मिटर गहिराइको खाडल खनेर उत्खनन् गर्नुपर्ने उल्लेख छ। कम्पनीले खनेको खाडल १५ फिटभन्दा गहिरो छ। २०० मिटर लामो उत्तर–दक्षिण फैलिएको खाडलको चौडाइ भने ४० फिट छ।  नगरपालिकाले प्रारम्भिक वातावरणीय परीक्षण अध्ययन गरी तयार पारिएको प्रतिवेदनअनुसार हीरापुरअन्तर्गत लखन्देही खोलाबाट १० हजार घनमिटर गिटी बालुवा निकाल्न सकिने छ।नगरपालिकाले लखन्देही खोलाकै वडा नं ११ र १२ को स्याङ्तान नाकाबाट २१ हजार घनमिटर बालुवा एवं ग्राभेल तथा वडा नं.१० र १२ को डप्काली टोल नाकाबाट १ लाख ३५ हजार घनमिटर बालुवा एवं ग्राभेल निकाल्न सकिने उल्लेख गरिएको छ।नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवनाथ पोखरेलका अनुसार नगरपालिकाले लगाएको हीरापुर नाका अन्तर्गतको ठेक्का गजुरमुखी निर्माण सेवाले २० लाख ५ हजार रुपैयाँमा सकारेको हो।सोही स्थानमा ठेकेदार कम्पनीले ५ दिनदेखि अवैध उत्खनन् गरिरहेको छ भने सोही कम्पनीलाई परेको लालबन्दी नगरपालिकाको वडा नम्बर ११, १२ र वडा नम्बर १०, १२ स्थित दुई स्थानमा भने उत्खनन सुरु भइसकेको छैन। प्रमुख प्रशासकीय अधिकृत पोखरेलले मापदण्डअनुसार उत्खनन नभएको पाइए कानुनी कारबाही गर्ने बताए। ‘अत्यन्त गहिरो खाडल भएको गुनासो आएको छ, हामी प्राविधिकसहित स्थलगत अनुगमन गर्ने तयारीमा छौं’, उनले भने, ‘मापदण्डविपरीत देखिए कारबाही हुनेछ।’ ठेकेदार कम्पनीले उत्खनन गरेपछि निरीक्षण हुने भनेपछि नगरपालिकाका कर्मचारी तथा जनप्रतिनिधिको पनि मिलेमतो हुन सक्ने स्थानीयको आशंका छ।  आवश्यक मापदण्डअनुसार गिटी बालुवा नभएका कारण सम्झौताविपरीत उत्खनन गरेको गजुरमुखी कम्पनीका फिल्ड म्यानेजर टीका गजुरेलले भने। उत्खननका लागि ठेक्का सकारेको लखन्देही खोलामा ६ फिटसम्म मापदण्डअनुसार गिटी बालुवा नभएका कारण गहिरो खन्नु परेको गजुरेलले बताए। पछि आफूहरुले नै खाडल पुर्ने गरी तत्काललाई ११ देखि १५ फिटसम्म गहिरो खनेर कच्चा पदार्थ निकालेको निर्माण कम्पनीका गजुरेलले स्वीकार गरे।  

गत वर्ष बाँके खोलामा यसैगरी खनिएको खाडलमा जमेको पानीमा डुबेर एक बालकको मृत्युको थियो। त्यसपछि भएको आन्दोलनमा प्रहरीको गोली लागेर एक युवकको समेत मृत्यु भएको थियो भने केही मानिस घाइते पनि भएका थिए। 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Other forms of non-violent protest
Primary Cause Access/control of other natural resources (forest, minerals)
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
National/Online Media

0 Comments