Incident Reports

वर्षदिनपछि उखु किसानले फेरि थाले काठमाडौँमा आन्दोलन

2020-12-13

Bagmati, Kathmandu, Kathmandu

काठमाडौँ – चिनी मिलबाट पाउनु पर्ने बक्यौता रकम माग गर्दै सर्लाहीका उखु किसानले आइतबारदेखि काठमाडौँमा आन्दोलन थालेका छन् ।

माइतीघर मण्डलामा उखु किसान सङ्घर्ष समितिको आयोजनामा चिनीमिलबाट रकम भुक्तानी नपाएको र गएको पुष १८ गते नेपाल सरकारसँग भएको सम्झौता लागु नभएको विरोधमा प्रदर्शन भएको हो ।

उखु किसान सङ्घर्ष समिति अध्यक्ष राम स्वायत राय, सचिव हरिश्याम रायसहित झण्डै २५ जना उखु किसान विरोधमा सहभागी भएका छन् ।

यसअघि उखु किसानको आन्दोलनमा आफ्नो साथ तथा समर्थन रहेको विवेकशील साझा पार्टीले जनाएको थियो ।

किसानहरुले आफूहरुको बक्यौता रकम तत्काल दिइनु पर्ने तथा खेतीका लागि सरकारी तहबाट सहयोग हुनु पर्ने माग गरेका छन् ।

        

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Labor disputes, not including civil servants
Secondary Cause Issues related to commodity availability, prices, and subsidies
Actor 1 - Number of people 25
Actor 1 - Affiliations Labor organization, trade unions and other organizations based on economic demands
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
National/Online Media

0 Comments