Incident Reports

पथलैयाबासी स्थानीय सरकारविरुद्ध आन्दोलित

2020-12-14

Madhes, Bara, Jitpur Simara

बारा, मंसिर २९ । 

पूरै नगरको सरकारी नक्सा गायब गरिँदा पनि स्थानीय सरकारले बेवास्ता गरेको भन्दै पथलैयाका स्थानीय आन्दोलित भएका छन् ।

बाराको जितपुर सिमरा उपमहानगरपालिकाले पथलैयाको नक्सा खोजी गर्न चासो नदेखाएको भन्दै सोमबारदेखि पथलैयाबासी आन्दोलनमा उत्रिएका हुन् ।

जितपुर सिमरा उपमहानगरका प्रमुख कृष्ण पौडेलले निर्वाचित भएको छ महिनाभित्र पथलैयाको गायब गरिएको नक्सा खोजी गरी सहज बनाउने झुटो आश्वासन बाँडेको स्थानीयको आरोप रहेको छ ।

०६७ सालमा सुकुम्बासी आयोगलले वितरण गरेको पथलैयाको नक्सा नापी कार्यालय सिमरामा नभेटिएपछि पथलैयाबासी आन्दोलनमा उत्रिएका जनाइएको छ ।

सोमबार करिब एक घन्टा स्थानीय सरकारविरुद्ध पथलैया चोकमा नारा–जुलुस गरिएको थियो ।

पथलैयाबासीलाई लालपुर्जा वितरण गर्दा नापी कार्यालयका तत्कालीन प्रमुख र केही स्थानीय नेताले ‘माथिसम्म मिलाउनुपर्छ’ भन्दै राजस्वबाहेक प्रत्येक घरधनीले छुट्टै रकम दिनुपर्ने प्रस्ताव गरेको स्थानीयको भनाइ छ । आफूहरुले त्यसको विरोध गरेपछि नापी कार्यालयबाट नक्सा गायब गरिएको आरोप स्थानीयले लगाएका छन् ।

स्थानीय उद्धव राईले पथलैयाको हराएको नक्सा खोजी गर्न स्थानीय सरकारले चासो नदिएपछि आन्दोलनमा उत्रनुपरेको बताउनुभयो ।

उपमहानगरका प्रमुख पौडेलसँग हराएको नक्सा खोजी गरी दिन पटक–पटक आग्रह गर्दापनि बेवास्ता गरेको भन्दै चरणबद्ध आन्दोलन थालेको स्थानीय बताउँछन् ।

नक्सा नभएकै कारण स्थानीय तथा संघीय सरकारले पथलैयाबाट कुनै प्रकारका कर लिन नसक्दा लाखौं रुपैयाँ राजस्वसमेत गुमेको छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to corruption (other than tenders)
Actor 1 - Number of people 12
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments