Incident Reports

सुशासन नभएको भन्दै बेलौरी नगर कार्यालयमा कांग्रेसले लगायो ताला

2020-12-16

कञ्चनपुर : नेपाली कांग्रेसका कार्यकर्ताले कञ्चनपुरको बेलौरी नगरपालिकाको कार्यालयमा बुधबार तालाबन्दी गरेका छन्।

कांग्रेस बेलौरी नगर कार्य समितिको अगुवाइमा नगरपालिका कार्यालयमा ताला लगाइएको हो। चालु आर्थिक वर्षको योजना सार्वजनिक गरिनुपर्ने, अनधिकृत रुपमा राखिएका कर्मचारी तत्काल हटाउनुपर्ने माग राख्दै प्रमुख प्रशासकीय अधिकृत खेमप्रसाद चौधरीको कार्यकक्षमा ताला लगाइएको कांग्रेस जिल्ला कार्यसमिति सहसचिव पुष्कल चौधरीले बताए।

सुशासन कायम गरी पारदर्शी रुपमा काम गर्नुपर्ने मागसमेत कांग्रेसले राखेको छ। ‘माग सम्बोधन नगरे अझै कडा कार्यक्रम ल्याउन बाध्य हुनेछौं,’ चाैधरीले भने।

तालाबन्दीपछि बुधबार दिनभर कार्यालयका कामकाज प्रभावित भएका थिए।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other governance issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments