Incident Reports

विद्यालयमा अनियमितता भएको भन्दै अविभावकले ताला लगाए

2020-12-28

Gandaki, Gorkha, Gandaki, Ward 7

प्रधानाध्यापक र विद्यालय ब्यवस्थापन समितिले अनियमितता गरेको भन्दै अविभावकले विद्यालयको कार्यालय कक्षमा ताला लगाएका छन्। गण्डकी गाउँपालिका वडा नम्बर ७ स्थित ज्ञानमार्ग माध्यामिक विद्यालयमा छानबिनको माग गर्दै अविभावकले ताला लगाएका हुन्।

विद्यालयमा भ्रष्टाचार भएको, डण्डी खरिदमा अनियमितता भएको, विद्यालयको पैसा ब्यक्तिलाई सापटी दिएको, कर्मचारी नियुक्तीमा आफ्ना मान्छे भर्ती गरेको लगायता विषयमा असन्तुष्टि जनाउँदै अविभावकले ताला लगाएका हुन्। प्रधानाध्यापकले राजीनामा दिनुपर्ने, तत्कालन विद्यालयको अनियमितता छानबिन गर्न समिति गठन गर्नुपर्ने, प्रश्नपत्र बाहिरिएको घटनाको छानबिन गर्नुपर्ने लगायत माग राख्दै विद्यालयको प्रशासन कक्षमा ताला लगाईदिएका एक स्थानीयले बताए।

विद्यालयका प्रधानाध्यापक टंकप्रसाद नेपालले भने ल्याब टेक्निसियन छनौट प्रक्रियामा जिज्ञासा राखेकाले छलफल भएको बताए। ‘अविभावकले जिज्ञासा राख्नुभएको हो, हामीले प्रक्रिया पुरा गरेको छौँ’ उनले भने। तालबन्दी भएको विषयमा उनी थप बोल्न चाहेनन्।

वडा अध्यक्ष तुलसी रेग्मीले विद्यालयको केही विषयमा अविभावकले चासो राखेको बताए। ‘अविभावकले केही विषयमा कुरा उठाउनुभएको छ, पछिल्लो समय ल्याबका कर्मचारी नियुक्तीमा प्रक्रिया मिलेन भन्ने गुनासो हो, हामी छलफल गरेर टुङ्ग्याउँछौँ।’

विद्यालयमा सोमवार साँझसम्म छलफल चलेपनि निश्कर्षमा पुगेन। माग सुनुवाई नहुँदा र विद्यालयलाई शैक्षिक केन्द्रको रुपमा विकास गर्ने योजना नहुँदासम्म ताला नखोल्ने अविभावकले चेतावनी दिएका छन्।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
National/Online Media

0 Comments