Incident Reports

क्लीन पार्कका नाममा सरकारले सुकुम्बासी बनाउन खोजेको भन्दै ओलीको गृहनगरमा प्रदर्शन

2020-12-29

Province 1, Jhapa, Damak

झापा : क्लीन पार्कको विरोधमा प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर झापाको दमकमा विरोध प्रदर्शन भएको छ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मन्चको नेतृत्वमा भएको प्रदर्शन तथा विरोध सभामा सहभागीहरुले क्लीन पार्कका नाममा सरकारले स्थानीयलाई सुकुम्बासी बनाउन खोजेको आरोप लगाए। सभामा झापा, मोरङ, सुनसरी र इलामबाट सर्वसाधारणको सहभागिता थियो।

झापाको दमकमा चीनको सहयोगमा सम्पन्न गर्ने भनिएको दमक क्लीन पार्कको विरोधमा उनीहरु सडकमा आएका हुन्।

क्लीन पार्कले आफ्नो परिवारको बिल्लीबाठ लगाएको भन्दै पीडित सूर्य राई, राजन राईले आफूले ज्यान दिने तर क्लीन पार्कको जनघाती कार्यको प्रतिकार गरेरै छाडने बताए। नेकपाको ‍ओली सरकारले चीन सरकारबाट क्लीन पार्क बनाउन भनी खर्बको रकम लिएर स्थानीय गरीब, दलित, जनजाति, आदिबासी र सर्वसाधारणहरुको मूल्यवान खेतीयोग्य जमिनलाई कौडीको भाउमा दिन बाध्य पारेको उनीहरुको आक्रोश छ। आफ्नो जग्गा जबरजस्ती कब्जा गर्न खोजे सशक्त प्रतिकार गर्ने उनीहरुले चेतावनी दिए।

झापाको दमक नगरपालिका, गौरादह नगरपालिका र कमल गाउँ पालिकाको क्षेत्रभित्र निर्माण गरिने भनिएको क्लीन पार्कको एकाधिकारको विरुद्धमा दुई वटा सङ्घर्ष समिति गठन गरी आफ्नो मागलाई सम्बोधन गर्न सरकारका सबै निकायमा पत्राचार गर्दा कसैले पनि पीडितको माग सम्बोधन नगरेकोमा सङ्घर्ष समितिले खेद प्रकट गरेको छ। सङ्घर्ष समितिका पदाधिकारीले एक वर्ष अगाडि देखिनै पीडितको आवाजको सुनुवाईको लागि धेरै पहल गर्दा पनि हालसम्म कुनै पहल नगरिएको बताए।

क्लीन पार्क पीडित स्थानीयले आफ्नो मागको सुनुवाई होस भनि दमक नगरपालिकाको मेयर रोमनाथ ओलीलाई पटक पटक कुरा राखेका छन्। जिल्ला प्रशासन कार्यालय, प्रधानमन्त्री केपी शर्मा ओली, मुआब्जा निर्धारण समिति, क्लीन पार्क व्यवस्थापन समिति र लगानी बोर्डलाई समेत ज्ञापन पत्र बुझाएका छन् तर हालसम्म कुनै सुनुवाई नभएको राजन राईले बताए।

संघीय लिम्बुवान मन्चले भने पीडितहरुलाई साथ दिएको छ। क्लीन पार्क पीडित ले बुझाएको ज्ञापन पत्रको सुनुवाई गर्न भनी झापाको दमकमा पुस १४ गते मन्चले एक बृहत आमसभा आयोजना गरेको छ। झापाको दमकमा आयोजना गरिएको बृहत क्लीन पार्क सरोकार सभामा लिम्बुवान केन्द्रीत अध्यक्ष कुमार लिङ्देन लगायत केन्द्रीय नेताहरु सहभागी भएका थिए।

मन्चका उपमहासचिव तथा झापा जिल्ला इन्चार्ज भानु भट्टराईले क्लीन पार्कको नाममा स्थानीय बासिन्दालाई सरकारले सुकुम्बासी बनाउन लागेकोमा आक्रोश व्यक्त गरे। भट्टराईले क्लीन पार्क पीडितको आवाजको सुनुवाई गर्न सरकारको ध्यानाकर्षण गरे।

केन्द्रीय अध्यक्ष कुमार लिङ्देनले ओली सरकारको राष्ट्रघातको कडा प्रतिकार गर्ने बताए। ओली सरकार तानाशाही भएकोमा प्रतिकारको लागि सबै दलहरु एक भएर साझा रणनीति बनाएर आन्दोलन चर्काउनुपर्ने बताए। ओलीको निर्वाचन क्षेत्रमा बन्ने भनिएको क्लीन पार्क के हो? त्यसको सत्य तथ्य बाहिर ल्याउन माग गरे। क्लीन पार्क क्षेत्रका पीडितको आवाजको सुनुवाई गर्न सरकारलाई आग्रह गरे।

पीडितको आवाज को सुनुवाई नभएमा लिम्बुवानले मुद्दाको नेतृत्व गर्ने र पीडितलाई न्याय दिलाएरै छाडने अध्यक्ष लिङ्देनको भनाई छ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Access/control of development infrastructure (roads, bridges)
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Limbuwan/Khombuwan Organizations
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments