Incident Reports

प्रहरीले खसी बोका नियन्त्रणमा लिएपछि स्थानीय र प्रहरीबीच झडप

2021-01-01

Madhes, Bara, Suwarna

वीरगञ्ज– व्यापारीहरुले ल्याएका खसी बोका प्रहरीले नियन्त्रणमा लिएपछि बारामा प्रहरी र स्थानीयबीच झडप भएको छ।

सुवर्ण गाउँपालिका वडा नम्बर ६ र ८ का स्थानीय व्यापारीहरुले ल्याउँदै गरेका खसी बोका प्रहरीले नियन्त्रणमा लिएपछि खसी बोका छुटाउने क्रममा झडप भएको हो।

खसी बोका ल्याइरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएपछि महागढीमाई नगरपालिका ५ तेलकुवामा प्रहरी र स्थानीयबीच झडप भएको हो। व्यापारीसमेत रहेका स्थानीय मोजाहिर खानले खसी बोका लिएर आइरहेको बेला प्रहरीले जबरजस्ती नियन्त्रणमा लिएर लाठीचार्ज गरेको बताए।

खसी बोका गाडीमा लोड गरेर प्रहरीले लैजान खोजेपछि व्यापारीहरुले रोकेको र सो क्रममा प्रहरीले लाठीचार्ज गरेको खानको भनाइ थियो। उनले कुनै सोधपुछ नै नगरी खसी बोका नियन्त्रणमा लिएको बताए।

स्थानीय व्यापारीहरुले भारतबाट नभई नेपालकै विभिन्न स्थानबाट खसी बोका ल्याइएको दाबी गरेका छन्। झडपमा परी दुई जना महिला घाइते पनि भएका छन्।  ३० वर्षीया बबिता खातुन, ६० वर्षीया लालदेवी खातुन घाइते भएका हुन् । उनीहरुलाई उपचारको लागि कलैया अस्पताल पठाइएको छ।

बिहानैदेखि विरोध प्रदर्शनमा उत्रिएका उनीहरुले प्रहरीले ज्यादती गरेको भन्दै टायरसमेत बालेका थिए।

यता बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले प्रहरीले भारतबाट ल्याइएका खसी बोका नियन्त्रणमा लिएपछि स्थानीयबासीहरु आएर एक्कासी प्रहरीमाथि आक्रमण गरी खसी बोका खोसाखोस गरेको बताए। मिश्रले घटनास्थलमा थप प्रहरी परिचालन गरि स्थितिलाई नियन्त्रणमा लिएको बताए। अहिले अवस्था समान्य रहेको उनले बताए।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Group Clash
Weapons Other
Primary Cause Other governance issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation Police
Actor 2 - Youth unknown
Total Injured 2
Female Injured 2
National/Online Media

0 Comments