Incident Reports

चौरजाहारीमा मारिएका नवराज विकलगायत ६ जना युवाहरूकाे लागि न्याय माग्दै काठमाडौंमा प्रदर्शन (फाेटाे फिचर)

2021-01-01

Bagmati, Kathmandu, Kathmandu

काठमाडाैं, १७ पुष । पश्चिम रुकुममा मारिएका नवराज विक र उनका साथीहरूको लागि न्याय माग्दै काठमाडौंमा प्रदर्शन गरिएका गरिएको छ ।

जेठ १० गते रुकुम पश्चिम चौरजाहारीका मल्ल थरकी युवतीसँग प्रेम विवाह गर्न जारजरकोट भेरी नगरपालिकाका २१ का नवराज विक १९ जनाको समूह लिएर चौरजाहारी पुगेका थिए । त्यसबेला केटी पक्षको आक्रमणबाट परी ६ जनाको मृत्यु भएको थियो ।

अन्तरजातीय विवाह गर्न खोजेकै कारण हत्या गरिएको घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाहीको माग गर्दै नवराजको फोटोसहित प्लेकार्ड बोकेर ¥यालीमा मानिसहरु सहभागी भएका छन् ।

‘जातीय विभेद अन्त्य गर, जातीय विभेद चाहिँदैन, मान्छे मार्न पाइँदैन, हत्यारालाई कारबाही गर, सरकार भेटियोः न्याय भेटिएन’ सहितको प्लेकार्ड उनीहरुले बोकेका थिए ।

त्यस घटनामा परेर भेरी नगरपालिकाका नवराज विक, गणेश बुढा मगर, सन्दीप (सञ्जु) विक, लोकेन्द्र सुनार र गोविन्द शाहीले ज्यान गुमाएका थिए । त्यसैगरी रुकुम पश्चिम चौरजहारी नगरपालिकाका टीकाराम नेपालीको पनि हत्या भएको थियो ।

 

     

 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments