Incident Reports

श्रम तथा रोजगार कार्यालयमा तोडफोड

2021-01-03

Province 1, Morang, Biratnagar, Ward 3

विराटनगर महानगरपालिका– ३ मा रहेको श्रम तथा रोजगार कार्यालयमा पुस १९ गते दिउँसो तोडफोड भएको छ ।

सुनसरी, दुहवी नगरपालिका–८ स्थित अरिहन्त मल्टिफाइबर लिमिटेडमा कार्यरत ४१ वर्षीय रमेश थापा र ४० वर्षीय सुशील गच्छदारले कार्यालयमा तोडफोड गरेको वरिष्ठ श्रम अधिकृत प्रेमप्रसाद सञ्जेलले बताउनु भयो ।

श्रम कार्यालय हाताभित्र प्रवेश गरेर पूर्वतर्फको सीसाको झ्यालमा ढुङ्गा हानेर तोडफोड भएको अधिकृत सञ्जेलले बताउनु भयो ।

कार्यालयका प्रमुख एवम् वरिष्ठ श्रम अधिकृत प्रेमप्रसाद सञ्जेलले कार्यालयमा तोडफोड गर्नेविरूद्ध जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा गाली बेइज्जती ऐन र सार्वजनिक अपराध ऐन मुताविक कारबाहीको माग गर्दै पुस १९ गते निवेदन दिनु भएको छ ।

सरकारी कार्यालय भित्र हुलहुज्जत र गाली बेइज्जती गरेको भन्दै तत्काल गिरफ्तार गरी कारबाहीको माग गरिएको छ ।

कार्यालयमा बसेर काम गर्न असुरक्षित भएको भन्दै हतियारसहितको सुरक्षाकर्मीको व्यवस्था मिलाईदिन श्रम कार्यालयले माग गरेको छ ।

बढुीगङ्गा गाउँपालिका–१ मा रहेको आरती स्ट्रिप्स प्रालिले ट्रेड युनियनमा आबद्ध हुनका लागि पुस ९ गते दस्तखत गरेको आरोपमा उद्योगले १ सय ८४ जना मजदुरलाई पुस १० गते कामबाट हटाएपछि मजदुरहरूले न्यायका लागि पहल गरीदिन पुस १२ गते श्रम कार्यालयका निवेदन दिएका थिए ।

पीडित पक्षको निवेदनपछि श्रम कार्यालयले कानुनी कारबाही अघि बढाउँदै पुस १६ गते आरती स्ट्रिप्स प्रालिका देशभरमा रहेका बैङ्क खाता रोक्न श्रम अधिकृत सञ्जेलले केन्द्रीय बैङ्कलाई पत्राचार गर्नु भएको थियो ।

श्रम तथा रोजगार कार्यालय विराटनगरमा पछिल्लो समय भारतीय लगानीको आरती स्ट्रिप्सबाट मजदुर निकालिएको मुद्दाको प्रक्रिया चलिरहेको  बेला छ  त्यसलाई समेत प्रभावित बनाउने योजनासहित हुलहुज्जत भएको आरोप श्रम अधिकृत प्रेमप्रसाद सञ्जेलको छ ।


नेत्रप्रसाद अधिकारी

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Vandalism
Weapons Blunt weapon
Primary Cause Labor disputes, not including civil servants
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Total damaged Buildings 1
INSEC

0 Comments