Incident Reports

तलब–भत्ताको माग गर्दै स्वास्थ्यकर्मी धर्नामा

2021-01-05

कोरोना संक्रमितको उपचारमा खटिएका सिराहाका स्वास्थ्यकर्मी तथा प्राविधिकहरू तलब–भत्ताको माग गर्दै आन्दोलनमा उत्रिएका छन् ।कोरोना संक्रमणको जोखिमका वेला उपचारमा खटिएका मेडिकल अधिकृतदेखि कार्यालय सहयोगीहरू तलब–भत्ताको माग गर्दै जिल्ला अस्पताल सिराहामा धर्नामा बसेका हुन् । 

सदरमुकाम सिराहाको चन्द्र माध्यमिक विद्यालयको आइसोलेसन, सूर्यनारायण सत्यनारायण मोरबैता यादव बहुमुखी क्याम्पसको छात्रावास आइसोलेसन र महेन्द्र गेनाई कोरोना अस्थायी अस्पतालमा खटिएका चिकित्सक र प्राविधिकलाई पाँच महिनाको तलब–भत्ता नदिएकोले बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको एचए ओमप्रभास ठाकुरले बताए ।

उक्त आइसोलेसनहरूमा कार्यरत चिकित्सक र प्राविधिको गत असार महिनादेखि कात्तिकसम्मको तलब–भत्ता भुक्तानी भएको छैन । आन्दोलनमा उत्रेका स्वास्थ्यकर्मी र प्राविधिकले तलब–भत्ता र कोभिड–१९ महामारीमा खटिएकोले पुनः नियुक्ति गरिनुपर्ने माग राखेका छन् ।

सिराहा जिल्ला अस्पतालमातहत नौजना मेडिकल अफिसर, एचए, अहेव, स्टाफ नर्स, अनमी, प्रयोगशाला प्राविधिक, स्प्रे प्राविधिक, कार्यालय सहयोगी, ड्राइभर गरी ६६ जनाको तलब–भत्ता, खाना र होटेलमा वास बसेको रकम भुक्तानी हुन सकेको छैन ।

आफूहरूको तलब–भत्ता र पुनः नियुक्तिको माग पूरा नभए जिल्ला अस्पताल ठप्प पार्ने उनीहरूले चेतावनी दिएका छन्।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to policies and regulations internal to the government bureaucracy (e.g. civil servants wages, work conditions and promotions)
Secondary Cause Government Relief
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Health sector/health workers, doctors
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Health sector/health workers, doctors
Actor 2 - Youth na
National/Online Media

0 Comments