Incident Reports

कञ्चनपुरमा पत्रकार जोशीमाथि कुटपिट गर्ने पक्राउ

2021-01-03

कञ्चनपुरमा पत्रकार हरिश जोशीमाथि कुटपिट गर्नेलाई प्रहरीले पक्राउ गरेको छ।

पत्रकार महासंघ कञ्चनपुरका सदस्य तथा रेडियो धनगढीमा कार्यरत जोशीमाथि कुटपिट गर्ने सुवास बम पक्राउ परेका हुन।

उनलाई महेन्द्रनगर बजारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कंचनपुरका प्रहरी नायव उपरीक्षक अमर बहादुर थापाले बताए। घटनापछि फरार रहेका बम मंगलबार दुई दिनपछि पक्राउ परेका हुन।

धनगढी खबरमा कार्यरत जोशीमाथि आइतवार करीब ५ः३० बजेको समयमा कुटपिट भएको थियो।

शुक्लाफाँटा नगरपालिका बनशाह घर भई हाल भीमदत्त नगरपालिका ३ भाँसी जनज्योती चोक नजिकै डेरामा बस्दै आएका सुवाश बमले कुटपिट गरेका थिए।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Secondary Form Attack on Journalist
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth unknown
National/Online Media

0 Comments