Incident Reports

कञ्चनपुरको पुनर्वासका सुकुम्वासी आन्दोलित

2021-01-06

धनगढी : कञ्चनपुरको पुनर्वास नगरपालिकाभित्र बसोवास गर्दै आएका सुकुम्वासी आन्दोलित भएका छन् । 

आफुहरुले भोगचलन गर्दै आएको जमिनको लालपूर्जासहित व्यवस्थित बसोवासको माग गर्दै उनीहरु आन्दोलित भएका हुन् । कञ्चनपुरका अधिकांश स्थानीय तहहरुसंग भूमिहीन, सुकुम्वासी लगायतलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गर्न आयोगले सम्झौता गरी काम थालेपनि पुनर्वासमा भने कुनै सुरसार नदेखाएपछि आन्दोलन गर्नुपरेको उनीहरुको भनाइ छ । 

पुस २० गते मौन जुलुस गरिसकेपछि पनि कुनै सुनुवाई नभएकोले २४ र २६ गते नगरपालिका केन्द्रित थप सशक्त आन्दोलन गर्ने तयारी रहेको सुकुम्वासी संघर्ष समिति पुनर्वासका संयोजक जगत बहादुर सायरले बताए । पुनर्वास नगरपालिकाका प्रवक्ता भारमल सुनारका अनुसार जिल्लाका अन्य क्षेत्रमा रहेका भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोवासीहरुको भन्दा यहाँको समस्या केही फरक भएकोले आयोगले अर्को चरणमा सम्झौता गर्नेे बताए ।  

पुनर्वासको जग्गा राष्ट्रिय आवास कम्पनीको स्वामित्वमा रहेकोले स्थानीय सरकारको प्रयासबाटमात्रै समस्या समाधान हुन नसकेको बताइएको छ । यहाँ करीब ५ दशकदेखि अव्यवस्थित तथा सुकुम्वासीको रुपमा ४ हजार २ सयभन्दा बढी घरपरिवार बस्दै आएका छन् ।

 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Access/control of public land
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments