2021-01-09
२५ पुस, सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित वीरेन्द्रनगर शनिबार बिहानैदेखि तनावग्रस्त बनेको छ ।
शुक्रबार दिउँसो भेरीगंगा नगरपालिका-१२ छिन्चुमा टिपरको ठक्करबाट एक युवतीको मृत्यु भएको घटनालाई लिएर स्थानीयबासीले आन्दोलन गरिरहेका छन् ।
सुर्खेतबाट नेपालगञ्जतर्फ गइरहेको कर्णाली प्रदेश ००१ क ००९९ नम्बरको टिपरले सोही दिशातर्फ जाँदै अरेको भे ७ प ५२०६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
दुर्घटनामा घाइते बसेकी मोटरसाइकल पछाडि बसेकी वीरेन्द्रनगर-११ की २३ वर्षीया ताराकुमारी आलेको उपचारका क्रममा प्रदेश अस्पतालमा मृत्यु भएको थियो ।
युवतीको मृत्युपछि स्थानीयबासीले छिन्चु बजारमा प्रर्दशन गरेका थिए । सवारी चालकलाई कडा कारबाही गर्नुपर्ने र मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग राख्दै मृतकका आफन्त र स्थानीयहरु जिल्ला प्रहरी कार्यालय पुगेका थिए ।
प्रशासन र मृतकका आफन्तहरुबीच सहमति हुन नसकेपछि स्थानीयबासी वीरेन्द्रनगरको मंगलगढी चोकमा आएर प्रर्दशन गरेका थिए । उनिहरुले, ‘मान्छे मार्न पाइदैन’, ‘दोसीलाई फाँसी दे, पीडितलाई न्याय दे’ भन्दै नारा बाजी गरेका थिए । प्रदर्शनकारीहरुले वीरेन्द्रनगरस्थित जुम्लारोड सडकखण्ड अवरुद्ध गरे ।
सडक खुलाउन प्रहरीले आन्दोलनकारीलाई तितरवितर गर्न खोजेपछि झडप भएको थियो । प्रदर्शनकारीले सुरक्षाकर्मीमाथि नै ढुंगामुढा गरेका थिए भने प्रहरीले लाठीचार्ज गर्नुका साथै ५ राउण्ड अश्रुग्यास हानेको थियो ।
६ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एसपी राजेन्द्र भट्टले जानकारी दिए । ‘हामीले टिपर र चालकलाई नियन्त्रणमा लिइसकेका छौं । दोसीलाई कानुन बमोजिम कारबाही हुन्छ,’ एसपी भट्टले भने, ‘उनीहरुले फाँसीको नारा लगाइ रहेका छन् । फाँसी दिने कानून छैन ।’
Violent / Non-violent | Violent |
Onesided / Twosided | Twosided |
Collective / Interpersonal | Collective |
Primary Form | Group Clash |
Secondary Form | Intervention at Protest |
Weapons | Blunt weapon |
Primary Cause | Extra-judicial response to traffic accidents |
Secondary Cause | Freedom of Assembly |
Actor 1 - Number of people | 6 |
Actor 1 - Affiliations | Citizen/Individuals |
Actor 1 - Youth | na |
Actor 2 - Number of people | n/a |
Actor 2 - Affiliation | Police |
Actor 2 - Youth | na |
THE NEPAL PEACE MONITOR ANNUAL REVIEW: 2020
October 25, 2021
Human Trafficking / LGBT+ Rights / GBV / Political / Children’s Rights / Senior Citizens’ Rights / HRD Issues / Human Rights / Interpersonal Violence / Governance / Covid-19 / Civic-Space / PwD