Incident Reports

विद्यार्थीहरूले तालाबन्दी गरेपछि बरकुर्वामा १६ दिनदेखि पठनपाठन बन्द

2020-12-24

Madhes, Sarlahi, Chandranagar, Ward 3

चन्द्रनगर गाउँपालिका–३ बरकुर्वास्थित श्री राम आधारभूत विद्यालयमा आन्दोलित विद्यार्थीहरूद्वारा पुस ९ गतेदेखि तालाबन्दी गरिएको छ । विद्यालय बन्द हुँदा १६ दिनदेखि विद्यालयको पठनपाठन ठप्प रहेको छ ।

विद्यालयमा व्यापक राजनीतिक चलखेलका कारणले भौतिक संरचना, शौचालय, खानेपानी, डेस्कबेञ्च, सरसफाईको अभावमा विद्यालयको कक्षा कोठा तथा मैदान फोहोर र दुर्गन्धित भएको भन्दै विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले तालाबन्दी गरेका हुन् ।

‘जिल्लाका सबै विद्यालयमा १० बजेदेखि पठनपाठन सुरू हुन्छ । तर, हाम्रो विद्यालयमा विद्यार्थीहरू समयमा आएपनि विद्यालय प्रशासनको लापरवाहीका कारणले गर्दा शिक्षकहरू समयमा नआउँदा विद्यालयमा १ बजेदेखि पठन–पाठन सुरु हुन्छ ।’–कक्षा ७ मा अध्ययनरत विद्यार्थी १२ वर्षीय राजेश महतोले भन्नु भयो ।

विद्यालयमा कक्षा कोठा, शौचालय र डेस्कबेञ्चको अभाव रहेको बताउँदै विद्यालयमा नियमित पठनपाठन नहुँदा विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको भविष्य अन्यौलमा परेको विद्यार्थी महतोको गुनासोे छ ।

विद्यालयमा डेस्कबेञ्चको अभावका कारण हरू पुस महिनाको जाडोमा भुँइमा बसेर पढनु पर्ने बाध्यता रहेकोे महतोको भनाइ छ ।

विद्यालयमा शिक्षकको अभावका कारण पठनपाठनमा समस्या हुँदै आएको कक्षा ८ मा अध्ययनरत १३ वर्षीय रामेश्वर पण्डितले बताउनु भयो ।

विद्यालयमा रहेको डेस्कबेञ्च पनि विद्यालय प्रशासनले कोठामा थुनेर राख्ने गरेको विद्यार्थीहरूको आरोप छ ।

छात्राहरूको लागि छुट्टै शौचालय नभएको र विद्यालयमा भएको शौचालय पनि सञ्चालन नहँुदा विद्यालयमा पढन आएको बेला विद्यालयबाट एक किलोमिटर टाढा गएर शौच गर्नु परेको कक्षा ८ मा अध्ययनरत ११ वर्षीया सबिताकुमारी महतोले बताउनु भयो ।

विद्यालयका शिक्षक, कक्षा कोठा र डेस्कबेञ्चको अभावका कारण विद्यालयमा हप्तामा दुई दिन मात्र पठनपाठन हुने गरेको र दिउँसो सञ्चालनमा आएको विद्यालयमा एक घण्टामै छुट्टी हुने गरेको अर्का विद्यार्थी पुजाकुमारी पण्डितले बताउनु भयो ।

विद्यालय आधारभूत भएपनि स्थायी शिक्षक दुई जना मात्र रहेको र शिक्षक अभावका कारण १० बजेदेखि ४ बजेसम्म कक्षा सञ्चालन हुन नसकेको चन्द्रनगर गाउँपालिका–३ बरकुर्वाका ३५ वर्षीय शङ्करप्रसाद चौधरीले बताउनु भयो ।

विद्यालय व्यवस्थापन समिति नहुँदा विद्यालयको अवस्था झन् कमजोर हुन पुगेको चन्द्रनगर गाउँपालिका–३ का वडा अध्यक्ष सिताराम महतोले बताउनु भयो ।

विद्यालयमा देखिएको समस्या समाधान गर्ने गरी आफूले पहल सुरू गरेको वडा अध्यक्ष महतोले जानकारी दिनु भयो ।

विद्यार्थीहरूको सबै माग जायज रहेको भएपनि विद्यालयमा प्राथमिक तहको दुई ओटा दरबन्दी र निजी स्रोतबाट दुई जना शिक्षक कार्यरत रहेको विद्यालयका प्रधानाध्यापक सरोजकुमार सिंहले बताउनु भयो ।

स्थानीय सरकारले समयमा विद्यालय सञ्चालनसम्बन्धी निर्देशिका उपलब्ध नगराउँदा पनि विद्यालय सञ्चालनमा समस्या भएको प्रधानाध्यापक सिंहले बताउनु भयो ।

बुधान साह

Details and Impacts
Violent / Non-violent Nonviolent
Event Duration More than 7 days
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Students
Actor 1 - Youth youth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
INSEC

0 Comments