Incident Reports

पठन पाठनमा समस्या हुँदा विद्यार्थी आन्दोलित

2021-01-12

Karnali, Rukum West, Aathbiskot, Ward 9

पठन पाठनमा लापरवाही भएपछि आफूहरू मारमा परेको भन्दै आठवीसकोट नगरपालिका–९ स्थित बालकल्यान माध्यामिक विद्यालयका ६ देखि १० कक्षा सम्मका विद्यार्थीहरूले ०७७ पुस २८ गते आठवीसकोट नगरपालिका घेराउ गरेका छन् ।

कोभिड १९ का कारण विद्यालय लामो समयसम्म बन्द हुँदा पठान पाठनमा समस्या भएको र नगर शिक्षा समिति एवम् शिक्षा शाखाले मनपरि निर्णय गरेको उनीहरुरूको गुनासो छ ।

गुणस्तरीय शिक्षा, नियमित पठन पाठन हुनुपर्ने, विषयगत शिक्षकको व्यवस्था हुनुपर्ने र दरवन्दी अनुसारको शिक्षकको व्यवस्थापनको लागि आफूहरू आन्दोलित भएको कक्षा १० मा अध्ययनरत नविन कुसारीले इन्सेक प्रतिनिधिसँग बताउनुभयो ।

विद्यार्थीहरूको गुनासो जायज भएको, विषयगत शिक्षकको व्यवस्था नभएको नगर शिक्षा समिति संयोजक तथा आठवीसकोट नगरपालिकाका प्रमुख गोर्खबहादुर केसीले स्वीकार गर्नुभयो ।

नगर प्रमुख केसीले यस विषयमा नगरपालिका जानकार रहेको र समस्या समाधानमा लागि परेको बताउनुभयो ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Students
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
INSEC

0 Comments