Incident Reports

डियर मेयर, सिमेन्ट र डण्डीको कमल हामीलाई चाहिँदैन’ भन्दै काठमाडौं महानगर घेराउ

2021-01-19

Bagmati, Kathmandu, Kathmandu

कमलपोखरी संरक्षणमा लागेका अभियन्ताले काठमाडौं महानगरपालिका घेराउ गरेका छन्।

पुरातत्व विभागले सोमबार दिउँसो मात्र काठमाडौं महानगरपालिकालाई चिठी लेखेर पोखरीको ऐतिहासिक, सांस्कृतिक र पर्यावरणीय वातावरणमा असर पर्ने गरी निर्माण कार्य सञ्चालन नगर्नू भनेको थियो। तर महानगरले भने रातारात डोजर चलाएको थियो।

त्यसैको विरोध स्वरूप आज अभियन्ताले काठमाडौं महानगरपालिका घेराउ गरेका हुन्।

‘डियर मेयर, रानीपोखरीबाट पाठ नसिकेकोमा हामी लज्जित छौं’, ‘डियर मेयर, सिमेन्ट र डण्डीको कमल हामीलाई चाहिँदैन’,डियर मेयर, प्रकृतिको दोहन बन्द गर,दुर्लभ सिमसारको संरक्षण गर, डियर मेयर, जीवनका आधारभूत वस्तु माटो र पानीसँग हाम्रो आत्मीयता छ। यसलाई बचाऊ’ लगायत प्लेकार्ड बोकेर उनीहरूले धर्ना दिएका हुन्। 









यो पनि :

कमलपोखरीमा डोजर हुलेर ओसारियो माटो, रातारात जुर्मुराए अभियन्ता

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other governance issues
Secondary Cause Access/control of public land
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments