Incident Reports

मूलपनी क्रिकेट मैदानमा खेल पत्रकारमाथि दुर्व्यवहार

2021-01-19

Bagmati, Kathmandu, Kageshwori Manahora

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको समाचार संकलनका लागि मूलपानी क्रिकेट मैदान गएका खेलकुद पत्रकारहरुमाथि दुर्व्यवहार भएको छ ।

वाग्मती प्रदेश क्रिकेट संघका सदस्य अजय वीर पाण्डेले मंगलबार मूलपानी क्रिकेट मैदान पुगेका पत्रकारहरुमाथि दुर्व्यवहार गरेका हुन् । कर्णाली प्रदेश र गण्डकी प्रदेशबीचको खेल सकिएपश्चात पोस्ट म्याच प्रेजेन्टेसनमा पाण्डेले खेल पत्रकारमाथि अभद्र व्यवहार गरेका थिए । प्रतियोगितामा तोकिएको स्थानमै कर्णालीका प्रशिक्षकसँग अन्तर्वार्ता लिने क्रममा पाण्डेले अभद्र व्यवहार गरेका हुन् ।

उनी प्रतियोगितामा एसीयू कमिटी सदस्यसमेत छन् । अन्तर्वार्ताका क्रममै अभद्र व्यवहार गरेका पाण्डेले फर्कने क्रममा समेत खेल पत्रकारमाथि थप अभद्र गरेका थिए । पत्रकारले प्रतिप्रश्न गर्ने क्रममा उनले धम्कीको भाषा प्रयोग गरेका थिए ।

दुर्व्यवहारप्रति नेपाल खेलकुद पत्रकार मञ्चले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै दोषीलाई कारबाहीको माग पनि गरेको छ ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Public humiliation
Secondary Form Harassment
Primary Cause Issues related to freedom of expression and civil rights
Secondary Cause Freedom of Expression
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth na
National/Online Media

0 Comments