Incident Reports

सुर्खेत मालपोत कार्यालयमा सेवाग्राहीको प्रर्दशन

2021-01-19

छिटो–छरितो सेवाको माग गर्दै सुर्खेत मालपोत कार्यालयमा सेवाग्राहीले प्रर्दशन गरेका छन् । एक सातादेखि कार्यालय पुग्दै लाइनबस्दा पनि कार्यालयबाट सामान्य काम हुन नसकेको भन्दै सेवा ग्राहीहरुले मंगलबार प्रर्दशन गरेका हुन् ।

‘भ्रष्ट कर्मचारी आउट गर’, ‘नीति नियम पालना गर’, ‘जिल्ला प्रशासन र प्रदेश सरकार मुर्दावाद’, ‘सेवाग्राहीले छिटो–छरितो सेवा पाउँनै पर्छ’, ‘नेताका आसेपासे कर्मचारी हटाउँनै पर्छ,’ लगायतका नारा लगाउँदै सेवा लिन पुगेका सेवाग्राहीहरुले प्रर्दशन गरेका हुन् ।

पैसा र पहुँच वालाहरुको काम दुई घण्टा भित्रै हुने गरेपनि आम नागरिकहरु भने महिना दिन कार्यालय धाउँदा समेत काम हुन नसकेको सेवा ग्राहीको गुनासो छ ।

सेवा ग्राहीको संख्या बढ्दो र कर्मचारी संख्या कमहुँदा सेवा प्रवाहमा समस्या भएको मालपोल कार्यालयकी खरिदार निर्माला भूषालले बताइन् । ‘कर्मचारीको ठूलो अभाव छ, यो प्रदेश राजधानीको मालपोत हो, दैनिक सयौं सेवाग्राहीहरु आउनु हुन्छ,’ उनले भनिन्, ‘कर्मचारी र भौतिक संरचनाको अभावले सेवा प्रवाहमा समस्या नै छ ।’

 

Details and Impacts
Violent / Non-violent Nonviolent
Event Duration More than 1 day
Primary Form Demonstration
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media

0 Comments