Incident Reports

बढी शुल्क लिएको भन्दै रुकुम पश्चिमका दुई प्राबिधिक क्याम्पसकका बिद्यार्थी आन्दोलित

2021-01-18

Karnali, Rukum West, Musikot

रुकुम पश्चिमको सदरमुकाम मुसिकोटमा रहेका दुई  प्राबिधिक क्याम्पसमा पढ्ने बिद्यार्थीहरु आन्दोलित भएका छन् । टि एन टि  प्राबिधिक कलेज  र स्यार्पुताल इन्जिनियरिंङ्ग  कलेजका  बिद्यार्थीहरुले आफुँहरुसंग  कलेजले उठाएको अतिरिक्त शुल्क फिर्ता हुनुपर्ने माग गर्दै  प्रदर्शनमा उत्रिएका हुन् । आन्दोलित बिद्यार्थीहरुले सोमबार टि एन टि कलेजमा तालाबन्दी गरिदिएका छन् भने स्यार्पुताल कलेज केहि दिनदेखि बन्द रहँदै आएको छ ।

टि एन  टि  प्राबिधिक कलेजमा पढ्दै एक एक बिध्यर्थिले भने ' हामीसंग कलेजले बिभिन्न बिषयमा १८ महिना  लामो  कोर्स र ३ बर्षे प्राबिधिक डिप्लोमा  पढाउने भन्दै  शुल्क उठाएको थियो तर अहिले हामीलाई भर्ना गर्नेबेला भनिएको भन्दा कम समयको कोर्स पढाएको छ बताए  । बिगत दुई  वर्षदेखि हामीलाई परिक्षामा सामेल नगराएको उनले भने ।, "  उता कलेजमा म्यानेजर तिलक डाँगीले भने आन्दोलित बिद्यार्थीको  आरोप झुट रहेको बताए । उनले बिद्यार्थी संगठनको आडमा बिधार्थीहरु आन्दोलनमा उत्रेको उल्लेख गरे ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Secondary Form Demonstration
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Students
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
National/Online Media

0 Comments