Incident Reports

सुर्खेतमा व्यवसायीले गरे सार्वजनिक यातायात बन्द

2021-01-21

सुर्खेत ।कर्णालीको प्रदेश राजधानी सुर्खेतमा सार्वजनिक यातायात व्यवसायीले आज सवारीसाधनहरू बन्द गरेका छन् । वीरेन्द्रनगरबाट सञ्चालित आठवटा यातायात व्यवसायीहरूले संयुक्त विज्ञप्ती जारी गर्दै बन्दको घोषणा गरेका हुन् ।दुई महिना अगाडि मात्रै सञ्चालनमा आएको वीरेन्द्रनगरस्थित सिटी बसपार्कमा वीरेन्द्रनगर नगरपालिकाले छलफल नै नगरी दुई ठुला यातायात प्रालिलाई संरचना बनाउन दिएपछि विवाद उत्पन्न भएको हो ।

नयाँ बसपार्कमा काउण्टर नपुगेको भन्ने बहानामा हठाहतपूर्ण तरिकाले २ वटा यातायात प्रालिलाई साविकको काउण्टरको दक्षिणतर्फ आउटडोर काउण्टर सञ्चालन गर्न संरचना निर्माण गर्न दिएपछि अन्य साना यायायात प्रालिले संयुक्तरुपमा विरोध जनाएका हुन् ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Strike/Bandh
Primary Cause Access/control of economic markets (syndicates, market relocation)
Actor 1 - Number of people 8
Actor 1 - Affiliations Transport entrepreneurs/syndicate
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments