Incident Reports

कार्यालयमा कर्मचारीलाई कुटपिट गरेको आरोपमा गिरफ्तार

2021-01-22

Madhes, Saptari, Rajbiraj

भूमिसुधार तथा मालपोत कार्यालय राजविराजका सहायक कम्प्युटर अपरेटर कञ्चनरुप नपा–२ निवासी ३१ वर्षीय मनोजकुमार साहलाई माघ ९ गते कुटपिट तथा दुर्व्यवहार गरेको आरोपमा प्रहरीले लेखापढी व्यावसायी राजगढ गाउँपालिका–३ नर्घोका ५० वर्षीय गौरीशङ्कर यादवलाई सोही दिन गिरफ्तार गरेको छ ।

कार्यालयमा कामकाज गरिरहेका कर्मचारी साहमाथि निजको फाँट क्याबिन नम्बर २० बाट निकालेर कुटपिट गरेको भन्दै कारवाहीका लागि कार्यालय प्रमुख अनिरुद्धप्रसाद सिंहले जिल्ला प्रशासन कार्यालय सप्तरीमा माघ ९ गते उजुरी दिनुभएको थियो ।

जिल्ला प्रशासन कार्यालय सप्तरीले भूमिसुधार तथा मालपोत कार्यालयको निवेदनसहित जिल्ला प्रहरी कार्यालयमा पत्राचार गरेपछि आरोपितलाई राजविराज नपा–५ स्थित डेराबाट गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी भुवनेश्वरप्रसाद साहले बताउनु भयो ।

राष्ट्रसेवक कर्मचारीहरुको मनोमल कमजोर पार्ने गरी कार्यालयभित्र काम गरिरहेका कर्मचारीमाथि भएको कुटपिट घटनाका आरोपितलाई कानुनी कारवाही हुनुपर्ने पीडितले माग गर्नु भएको छ ।

‘कामको अत्यधिक चाप रहेको बेला मेरो काम पहिले हुनुपर्छ भन्दै आरोपितले कार्यकक्षमै दुव्र्यवहार गर्दै हातपात गर्नु भयोे’–पीडितले भन्नु भयो–‘पालैपालो काम गर्छु भन्दा आफ्नो काम पहिले गर्नुपर्ने भन्दै कुर्सीबाट घिसारेर कार्यकक्ष बाहिर ल्याई हातपात गरे ।’

जेष्ठ नागरिकको कामलाई प्राथमिकताका साथ गर्न आग्रह गर्दा कर्मचारी साहले अपशब्द बोलेकाले हातपात भएको आरोपित यादवले बताउनु भयो । कर्मचारी साहले समेत हातपात र गालीगलौज गरेको आरोपितले बताउनु भयो ।

कर्मचारी साहमाथि कुटपिट र दुर्व्यवहार भएको विरोधमा कर्मचारीहरुले दिउँसो १२ बजेपछि कार्यालयको कामकाज ठप्प पारेका थिए ।

मनोहरकुमार पोखरेल

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth noyouth
INSEC

0 Comments