Incident Reports

उच्च अदालत अगाडि गाँजा अभियन्ताको प्रदर्शन

2021-01-24

Lumbini, Dang, Tulsipur

उच्च अदालत तुलसीपुर अगाडि आइतबार गाँजा अभियन्ताले मौन प्रदर्शन गरेका छन्। प्रदर्शनमा नेपाल गाँजा वैधानिक अभियानका अभियन्ता राजिव काफ्ले, ऋगेन्द्र गिरीलगायत थिए।

उनीहरूले गाँजा कुनै व्यक्ति, पार्टी वा व्यवस्थालाई नभएर मुलुकलाई चाहिएको भन्दै प्ले कार्ड राखेर प्रदर्शन गरेका हुन्।

राजनीति छोडौं, गाँजा खोलाऔं, देश बनाऔंलगायतका नारा राखेर उनीहरूले प्रदर्शन गरेका थिए।

गाँजा वैधानिक अभियानका लुम्बिनी प्रदेश संयोजक रबिन्श बिक्रम डाँगीले वैधानिक रूपमा सदनबाट गाँजाको बारेमा छलफल गरि नियम कानुन गर्नु उचित भए पनि अहिले प्रतिनिधिसभा नै भंग गरिएको हुँदा न्यायको लागि अदालत अगाडि शान्ति पूर्ण रूपमा ध्यानाकर्षण गराउन खोजेको बताए।

२०७६ साल फागुनमा प्रतिनिधिसभामा पेश भएपछि नेपालमा पनि गाँजा वैधानिक बनाउनुपर्ने बारे छलफल अघि बढेको थियो।

यहीँ बहसकै समयमा पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले सदन एकाएक भंग गरिदिँदा आफूहरु अदालत अगाडि न्याय माग्न आएको प्रदेश संयोजक डाँगीले बताए।

नेपाल गाँजा वैधानिक अभियानका अभियान्ता काफ्लेले दाङ र आसपासका जिल्लाहरु गाँजा उत्पादनका दृष्टिकोणले मुलुककै उत्कृष्ट स्थान भएकाले गाँजाको विकास र विस्तारका लागि अभियान दाङबाटै थालिएको तर्क गरे।

‘‍कार्यक्रमको आयोजक कोही छैन आम नागरिक हुन्,’ उनले भने ‘हामीले सामाजिक सञ्जालमा राखेको जानकारीको आधारमा उहाँहरू स्वः स्फूर्त हामीलाई साथ दिन आउनु भएको हो ।’

अर्का अभियान्ता गिरीले गाँजालाई वैज्ञानिकलेसमेत औषधीय गुण भएको वनस्पतिको रुपमा प्रमाणित गरेपछि नेपालमा गाँजामाथिको प्रतिबन्ध फुकुवा गरी यसको व्यवसायिक खेति गर्न सके नेपालको अर्थतन्त्र बलियो बन्ने बताए।

‘भारतमा मात्रै ३ करोड जनसंख्याले गाँजा सेवन गर्ने गरेको तथ्याङ्क छ,’ उनले भने, ‘टाढाको कुरा छोडौं भारतलाई मात्रै हामीले गाँजा बिक्रि गर्न सकेमा पनि हाम्रा किसानले धेरै आर्जन गर्न सक्ने छन्।’

उनले गाँजाले तनाव, चिन्ता दुर गर्ने तथा मदिरा जस्तो स्वास्थ्यका लागि हानिकारकसमेत नरहेको जिकिर गरे ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media

0 Comments